ठोरी(पर्सा)– पर्सा जिल्लाको बिकट गाउँ ठोरीमा जन्मिएकी, हाल राजधानीमा गीत सँगितको क्षेत्रमा सँघर्षरत गायिका सेलिना कुवँरको “तिम्लाई दुख्दा व्यर्थैमा पो मेरो आँशु खस्दो रैछ” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
एस.आर. प्रोडक्सनले हालै सार्वजनिक गरेको गायिका सेलिनाको म्यूजिक भिडियोमा सौगात रोका र सरु उप्रेतिले अभिनय गरेका छन् । उनीको यो आधुनिक गीतमा लिरिक्स शिवराज योगी र म्युजिक सन्तोष राजको रहेका छन् ।
सांगितीक क्षेत्रमा चर्चा बटुल्दै गरेकी सेलिनाको यस म्यूजिक भिडियोमा लिरिक्स राम्रा हुनुका साथै शब्द चयन पनि राम्रो भएकोले दर्शक तथा स्रोताहरुको मन छुने विश्वास गरिएको छ । सफल कलाकार हुनका लागि सबैखालका गीत गाउनु पर्छ भन्ने मान्यता अनुसार स्याड गीत बजारमा ल्याएको र यसलाई पनि स्रोता दर्शकले मन पराउनेमा आफू विश्वस्त रहेको सेलिना सुनाउँछिन् ।
गाउँ मै एसएलसी उतिर्ण गरेपछि राजधानी छिरेकी सेलिनाले “दिलरानी” गीती एल्बम मार्फत आफ्ना गायन यात्रा थालेकी हुन् । सोही एल्बममा रहेको “मुटु ढुक ढुक” बोलको गितले एका एक चर्चामा आएकी सेलिनाले तिज गिती सँग्रह
“ब्यूटीफूल” समेत बजारमा ल्याएकी थिइन् । स्वदेश तथा बिदेसमा समेत स्टेज प्रोग्रम गरि सकेकी सेलिनाले भोजपुरी फिल्मका लागि समेत थुप्रै गीत गाइसकेकी छन् ।
भिडियाे
प्रकाशित: ३१ भाद्र २०७३ १३:५९ शुक्रबार