७ वैशाख २०८१ शुक्रबार
खेल

टेस्ट टोलीमा ओक्स र पोप

लन्डन (एएफपी) – अलराउन्डर क्रिस ओक्स र ओइली पोप शुक्रबारबाट सुरु हुने भारतविरुद्धको पाँचाैं तथा अन्तिम टेस्टका लागि इङ्ल्यान्डले घोषणा गरेको टोलीमा स्थान बनाउन सफल भएका छन्।

आइतबार साथउह्याम्पटनमा सम्पन्न चौथो टेस्टमा ६० रनको जित हात पार्दै इङ्ल्यान्डले पाँच टेस्ट खेलको शृंखला ३–१ ले आफ्नो पक्षमा पारिसकेको छ।

भारतविरुद्धको अन्तिम टेस्ट इङ्ल्यान्ड पूर्वकप्तान तथा ओपनर एलेस्टर कुकका लागि समेत अन्तिम अन्तर्राष्ट्रिय खेल हुनेछ। इङ्ल्यान्डबाट सर्वाधिक १ सय ६० टेस्ट खेलेका कुकले सोमबार भारतविरुद्धको अन्तिम टेस्टसँगै अन्तर्राष्ट्रिय खेलजीवनमा पूर्णविराम लगाउने घोषणा गरेका थिए। यस क्रममा कुकले १२ हजार २ सय ५४ रन जोडेका छन् । जसमा ३२ शतक समावेश छ।

यसअघि ओक्स र पोप दोस्रो टेस्टका लागि घोषित टोलीमा पनि स्थान बनाउन सफल भएका थिए।

प्रकाशित: २१ भाद्र २०७५ ०२:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App