निर्मला हत्या प्रकरण

न्याय पाउनेमा फेरि शंका उब्जियो

बिहिबार, २१ भदौ २०७५, ०७ : ०४ दिलबहादुर छत्याल

उल्टाखाम (कञ्चनपुर) - एक महिनापछि नयाँ प्रहरी टोली आएर शून्यबाट अनुसन्धान सुरु गरिएको भनिएपछि निर्मलाका बुवा यज्ञराज पन्त छोरीको हत्यारा पत्ता लाग्नेमा विश्वस्त भएका थिए। नयाँ प्रहरी टोलीले अनुसन्धान र उच्चस्तरीय छानबिन समितिले छानबिन गरेको १२ दिन भइसक्दासमेत कुनै तथ्य बाहिर नआएपछि भने उनी निराश बनेका छन्। बम दिदीबहिनीले निर्मलाको हत्यामा संलग्नता नभएको र हत्या कसले गरेको भन्नेबारे कुनै जानकारी नभएको बयान दिनु, प्रहरीले कुनै तथ्य पत्ता लगाउन नसकेको र दिलीप बिष्टको अनुसन्धानमा बढी महत्व दिइनुजस्ता कुराले फेरि न्याय पाउने कुरामा शंका लागेको उनी बताउँछन्।

‘नयाँ प्रहरी टोलीले अनुसन्धान सुरु गरेपछि मलाई दोषी पत्ता लाग्नेमा आशा र विश्वास जागेको थियो,’ उनी भन्छन्, ‘प्रहरी टोलीको पछिल्लो व्यवहारले मैले न्याय पाउँदिन कि भनेर शंका उब्जिएको छ।’ नयाँ टोली आएर अनुसन्धान गर्न थालेको दुईसाता भइसक्दा पनि दोषीबारे कुनै तथ्य फेला पारेको आफूलाई जानकारी नदिइएको उनी बताउँछन्। ‘निर्दोष मान्छेलाई यातना दिएर मैले हत्या गरेको हुँ भन भनेर दबाब दिने, शंकास्पद बम दिदी बहिनीलाई प्रहरीले राम्रोसँग केरकार नै नगुर्नको कारण के हो?,’उनी भन्छन्, ‘रोशनी बमले प्रहरीमा झुठो बयान दिएकी छन्।’ खोज्न जाँदा रोशनी बमले ४/५ दिनका लागि भाँसीको घर जान्छु भनेर निर्मला गएकी हो भनेको कुरा जेठी छोरी मनिषाले सुनेको र प्रहरीमा उसले भाँसीको घर गएको पनि हुनसक्छ भनेको हुँ भनेर झुठो बयान दिएको उनको भनाइ छ। ‘प्रहरीले मेरो जेठो छोरी मनिषा बोलाएर उसकैअघि यो कुरा रोशनीलाई सोध्दा उसले झूठो बोलेकी हो,’ उनले भने।

‘निर्दोष मान्छेलाई यातना दिएर मैले हत्या गरेको हुँ भन भनेर दबाब दिने, शंकास्पद बम दिदी बहिनीलाई प्रहरीले राम्रोसँग केरकार नै नगुर्नको कारण के हो ? रोशनी बमले प्रहरीमा झुठो बयान दिएकी छन् ।’

पढ्न गएकी छोरी निर्मलाको हत्या कसले ग-यो भनेर बम दिदीबहिनीलाई थाहा भएको र प्रहरीले राम्ररी अनुसन्धान नगरेकाले नखुलेको उनी बताउँछन्। ‘बम दिदीबहिनीलाई मेरो छोरीको हत्या कसले ग-यो भन्ने थाहा छ,’ उनी भन्छन्, ‘ म अब डराउँदिन। प्रहरीभित्रकै मान्छेले मेरो छोरीको हत्या गरेको हो, त्यही भएर सुरुदेखि अहिलेसम्म दोषी बचाउने खेल भइरहेको छ।’

अघिल्लो दिन साउन ९ गते रोशनी घरमै आएर निर्मलालाई जसरी भए पनि भोलि आउनु भनेर जोड गर्नु, खोज्न जाँदा तपार्इंको छोरी घर नगएको भए पोइल गइहोली भनेर बबिताले भन्नु, दोस्रो दिन बिहान गाउँले कसैको मनमा पनि मरेको शंका नभएका बेला साइकल पाइएकै ठाउँमा लाश पनि होला भन्नुले बम दिदीबहिनीको व्यवहार शंकास्पद लागेको उनी बताउछन।

निर्मला हराएको साउन १० गते साँझ नै वडा नं २ का सदस्य रवीन्द्र तिवारीले वडा प्रहरी कार्यालयका इन्चार्जलाई ४/५ पटक फोन गरेर खोजीदिन आग्रह गरेको, छिमेकी लक्ष्मण भट्टले पनि पटकपटक फोन गरेर आग्रह गरेको र जिप्रकामा समेत फोन गरेर आग्रह गर्दा पनि प्रहरी खोजी दिन नआएको उनी बताउँछन्। राति १२ बजे निर्मलाका आमा दुर्गादेवी पन्त र ६ जना गाउँले स्थानीय प्रहरी चौकीमा खोजी आग्रह गर्न गए। सुतेका प्रहरी उठेर युनिफर्म लगाई खोजीमा निस्कन तयार भएका बेला चौकीका इन्चार्जले जिल्ला प्रहरी कार्यालयमा फोन गरेपछि माथिबाट अनुमति दिएन भनेर नगएको उनी बताउँछन्।

‘पक्की बाटो छेउँमै नभिजेको अवस्थामा फेला परेका कापीकिताब सुघाएर कुकुर परिचालन गरिएमा पनि दोषी पत्ता लाग्न सक्थ्यो,’ उनी भन्छन्, ‘कुकुर पनि ल्याइएन।’ घटनास्थलमा छोरीको सुरुवाल पखाल्नेलगायत प्रमाण नष्ट गरेर छोरीको हत्यारालाई जोगाउने खेल भएको उनको भनाइ छ। ‘शंकास्पद व्यक्तिलाई केरकार गरेको देखिँदैन, उल्टो प्रहरीले हिजो भाँसीको मेरो घरभित्र खानतलास गरेको छ,’ प्रहरीको यो व्यवहारले न्याय पाउनेमा अझ थप शंका उव्जेको छ।’ मानसिक सुन्तुलन गुमाएका दिलीपसिंह बिष्टलाई नै दोषी ठहर गर्नेमा प्रहरी लागेको उनको आशंका छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायत गहनरूपमा अनुसन्धान भइरहेको बताउँछन्।‘ हामी गहनरूपमा अनुसन्धान गरिरहेका छौं, अहिलेसम्म कुनै ठोस कुरा पाइएको छैन,’ उनले भने। बालिका भएकाले रोशनी बमको पोलिग्राफ प्रयोग गरेर सोधपुछ गर्न पाइँदैन । आवश्यक भएमा बबितालाई पोलिग्राफ लगाएर सोधपुछ गर्न सकिने उनी बताउछन।

सुरुमै प्रमाण नष्ट भएकाले अनुसन्धानमा गाह्रो भएको नयाँ प्रहरी टोलीको भनाइ छ। उच्चस्तरिय छानबिन समितिका संयोजक हरिप्रसाद मैनालीले घटनाको सबैपाटोबाट छानबिन गरिराखेको बताएका छन्। सिआइवीका एसएसपी ठाकुरप्रसाद ज्ञवालीको टोली पनि अनुसन्धानलाई सहयोग गर्न महेन्द्रनगर पुगेको छ।

निर्मला हत्यामा विशेष अनुसन्धान टोली खटाउन माग

काठमाडौं - कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याबारे अनुसन्धान गर्न गठित उच्चस्तरीय छानबिन समितिले घटनाबारे थप अनुसन्धान गर्न विशेष अनुसन्धान टोली पठाउन गृह मन्त्रालयसमक्ष आग्रह गरेको छ।

छानबिन समितिका सदस्यहरू नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) रामकुमार श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हरि गुरुङ र सशस्त्र प्रहरी बलका डिआइजी वसन्त बानियाले बुधबार बिहान गृहमन्त्री रामबहादुर थापासँगको ‘ब्रिफिङ’ बैठकमा निर्मला पन्तको हत्याबारे अनुसन्धान गर्न प्रहरीकै विशेष अनुसन्धान टोली खटाउन आग्रह गरेका हुन्।

बैठकमा गृहमन्त्री थापा, गृहसचिव प्रेमकुुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव रामकृष्ण सुवेदी, शान्तिसुरक्षा शाखाका प्रमुख एकदेव अधिकारीसहित सहभागी थिए। बैठकमा समिति सदस्यहरूले घटनाको प्रकृति अत्यन्त जटिल बनिसकेको भन्दै विशेष प्रकारले अनुसन्धान नगरी निष्कर्षमा पुग्न नसकिने ब्रिफिङ गरेका थिए। गृह मन्त्रालयले कारागार व्यवस्थापन विभागका प्रमुख सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो।

छानबिन समितिका सदस्यहरूले सावधानीपूर्वक शव घोप्टो पारेर फ्याँकेकाले आवश्यक प्रमाण नष्ट हुन सक्ने भन्दै अनुसन्धान गर्न कठिन भइरहेको बताएका थिए। ब्रिफिङमा सहभागी एक सदस्यका अनुसार छानबिन समितिले केही दिनमा प्रतिवेदन बुझाउनेछ। ‘मन्त्रीज्यूले घटनाको प्रकृति र त्यहाँको थप अनुसन्धानबारे जान्न चाहेकाले ब्रिफिङ लिनुभएको हो’, मन्त्रालय स्रोतले भन्यो। छानबिन समितिको प्रतिवेदन आएपछि विशेष अनुसन्धान टोली पठाउन प्रहरीलाई निर्देशन दिने तयारी भएको मन्त्रालय स्रोतले जनाएको छ। छानबिन समितिका सदस्यहरूले घटनास्थलबाट १ किलोमिटर दुरीमा नेपाली सेनाको ब्यारेक रहेकाले त्यही स्थानमा हत्या भएको हो वा होइन भन्नेमा पनि शंका रहेको बताएका छन्।

निर्मलाको हत्यापछि कञ्चनपुरमा आन्दोलन चर्केेका कारण प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) टोली पठाएको थियो। तर, घटनाका दोषी पहिचान हुन सकेका छैनन् । ब्युरोका तर्फबाट आइतबार फेरि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ठाकुरप्रसाद ज्ञवाली नेतृत्वको टोली महेन्द्रनगर गएको थियो। सिआइबी टोलीले घटनाबारे अनुसन्धान थाले पनि स्थानीय प्रहरीसँग समन्वय नगरी सूचना संकलन गरिरहेको छ।

भीमदत्त नगरपालिका–२ महुलिया, उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । साउन १० गते साथी रोशनी बमकहाँ गृहकार्य गर्न गएकी निर्मला बेपत्ता भएकी थिइन्। बमको घरको केही पर बागफाँटाको उखुबारीमा दोस्रो दिन उनको शव फेला परेको थियो। प्रहरीले शंकाको घेरामा रहेका बम दिदीबहिनी रोशनी र बबितालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। तर उनीहरूबाट कुनै पनि तथ्य प्राप्त हुन नसकेको छानबिन समितिका सदस्यहरूले मन्त्रालयमा ब्रिफिङ गरेका थिए। पक्राउ गरिएका मानसिक अवस्था कमजोर भएका भनिएका ४१ वर्षीय दिलीपसिंह बिष्टको काठमाडौंमा डिएनए र मानसिक स्वास्थ्य परीक्षण भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले भीमदत्त नगरपालिका १९ बागफाँटाका बिष्टले नै पन्तको बलात्कारपछि हत्या गरेको निष्कर्ष निकालेको थियो। यसमा पीडित परिवार र स्थानीय विश्वस्त नभएपछि सिआइबीको अनुसन्धान नै शंकाको घेरामा परेको थियो। मानसिक अवस्था ठीक नभएका बिष्टलाई आरोपित बनाएर घटनाका वास्तविक दोषी जोगाउन खोजेको भन्दै स्थानीय बासिन्दाले आन्दोलन चर्काएपछि प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको थियो।







यसमा तपाईको मत


अन्य समाचार

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो इन्डिया प्रा.लि.ले अरभिन्द इम्पोरियम प्रा.लि.को सहकार्यमा आफ्ना विभिन्न उत्पादनहरुको नेपाली बजारमा सेवा बिस्तार गरेको छ । विश्वका १५० राष्ट्रमा...

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी केहि एन्ड्रोइड र आइफोनका एपहरू ...

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सुनधारा स्थित सिभिल ट्रेड सेन्टरमा रहेको सिटिसी मोबाइल हबमा जेठ ३ गते शुक्रबारदेखि मोबाइल एक्सचेन्ज मेला सुरु भएको छ ।...

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL)
संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL) संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् भारतको प्रतिष्ठित स्टील संगठन स्टील अथोरटी अफ् इण्डिया (SAIL)द्वारा एक कार्यक्रम बीच सम्मानित भएको छ । यही मे...

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

बैंकको पुँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्वेश्यका साथ् राष्ट्रीय स्तरको "ख" वर्गको ओम डेभलपमेन्ट बैंक लिमिटेड "क"...

स्मार्टफोन ब्याट्रीको प्रयोग आयु बढाउने तरिका

स्मार्टफोन ब्याट्रीको प्रयोग आयु बढाउने तरिका

स्मार्टफोनको ब्याट्रीलाई धेरै वर्षको प्रयोग पछि पनि राम्रो टिक्ने कसरी बनाउने ? ...

कम लागतमा बलियो घर कसरी बनाउने ?

कम लागतमा बलियो घर कसरी बनाउने ?

सस्तो भनेर अत्याधिक सस्तो खोज्यौं भने हामीले सोचे जस्तो बलियो घर बन्दैन । हामीले घरको नक्साको कुरादेखी घरको डिजाइन, घर...

इटहरीमा अग्नि ग्रुपद्वारा स्पेयरपार्ट विक्री कक्षको स्थापना

इटहरीमा अग्नि ग्रुपद्वारा स्पेयरपार्ट विक्री कक्षको स्थापना

अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वक्र्स प्रा.लि.ले इटहरीमा महिन्द्रा गाडीहरुको लागि आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ । नयाँ स्थापना...