७ वैशाख २०८१ शुक्रबार
खेल

एसियाडका रजत विजेता खेलाडीलाई एक लाख पुरस्कार

पोखरा - गण्डकी प्रदेशले इण्डानेशियामा हालै सम्पन्न एशियाड खेलकूद प्रतियोगितामा प्याराग्लाइडिङ खेलमा नेपाललाई रजत पदक दिलाउने पोखराका पाँचजना खेलाडी सहित तीन प्रशिक्षकलाई नगद पुरस्कारले सम्मान गर्ने भएको छ। गण्डकी प्रदेशको बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले प्रत्येक खेलाडीलाई रु एक–एक लाख र प्रशिक्षकलाई रु २५–२५ हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिने भौतिक पूर्वाधार विकास मन्त्री एवम् सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए।

पुरस्कृत हुने खेलाडीमा बिमल अधिकारी, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ र विशाल थापा छन् भने प्रशिक्षक योगश भट्टराई, सानोबाबु सुनुवार र सहप्रशिक्षक शैलेन्द्र राउत रहेका छन्। 

प्रकाशित: २० भाद्र २०७५ १६:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App