coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

साफ च्याम्पियनसिप : भारतद्वारा श्रीलंका २-० ले पराजित

काठमाडाैं - बङ्लादेशको ढाकामा जारी साफ च्याम्पियनसिप अन्तर्गत समुह बी को खेलमा भारतले श्रीलंकालाई २-० गोलले पराजित गरेको छ। बङ्गबन्धु रङ्गशालामा बुधबार साँझ सम्पन्न खेलमा भारतलाई पहिलो जित दिलाउने क्रममा खेलको ३५ औं मिनेटमा अशिक कुरुनियनले र ४७ औं मिनेटमा ललियानजुयला छाङ्टेले गोल गरे। पहिलो हाफमा एक शुन्यले पछि परेको श्रीलंकाले दोश्रो हाफ सुरु भएको दोश्रो मिनेटमानै दाेश्राे गोल खान पुग्यो। जितसँगै भारतले ३ अंक जोडेको छ। समुह बी मा भारतसँगै श्रीलंका र माल्दिभ्स रहेका छन्।

हिजो भएको खेलमा नेपाल पाकिस्तानसँग २-१ तथा भुटान आयोजक बंगलादेशसँग २-० ले पराजित भएको थियो। नेपाल, भुटान, पाकिस्तान र बंगलादेश समुह ए मा रहेका छन्। समुहका शिर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।

यसैबीच प्रतियोगिता अन्तर्गत बिहिबार हुने खेलमा नेपालले भुटानसँग प्रतिष्पर्धा गर्दैछ। पहिलो खेलमा पराजय व्यहोरेका कारण समेत सेमिफाइनलमा स्थान बनाउन नेपाललाई भोलीको खेलमा नतिजा आफ्नो पक्षमा पार्नुपर्ने दबाब रहेको छ। यस्तै बिहिबारनै हुने समुह ए को अर्को खेलमा पाकिस्तान र बंगलादेशबीच प्रतिष्पर्धा हुनेछ। 

 

प्रकाशित: २० भाद्र २०७५ १५:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App