७ वैशाख २०८१ शुक्रबार
समाज

दुर्घटनामा ३ को मृत्यु

काठमाडाैं - धनुषा र नुवाकोटमा बुधबार भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। धनुषामा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार दाजुभाईको घटनास्थलमै मृत्यु भएको हो। धनुषाघाम नगरपालिका ९ धारापानी स्थित राजमार्गमा ना१क ६१८९ नम्बरको ट्रिपरले बिपरित दिशाबाट आँउदै गरेको स५प ९०४६ नम्वरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार चालक उदयपुर त्रियुगा नगरपालिका ४ बस्ने २५ वर्षीय बिकाश राई र उनका २० वर्षीय भाई सचिन राईको मृत्यु भएको हो। ट्रिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी नुवाकोट किस्पाङ गाउँपालिका ५ शान्ति बजारमा रोकी राखेको ना५ख १४०४ नम्बरको ट्रक ब्याक गर्ने क्रममा सोही ठाउँ बस्ने ३५ वर्षीय सूर्य पुडासैनीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनकाे उपचारको लागि हेलिकप्टर मार्फत ग्रायान्डी अस्पताल पठाइएकोमा उपचाको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: २० भाद्र २०७५ ११:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App