coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा ४० यात्रु सवार डुंगा दुर्घटना

काठमाडाैं - भारतमा ४० यात्रु सवार डुंगा नदीमा डुबेको छ। गुहावटी सहर नजीकै रहेको ब्रह्मापुत्र नदीमा ४० यात्रु सवार डुंगा डुब्दा केही यात्रु पौडेर वाहिर निस्कन सफल भएका छन् भने अधिकांश महिला तथा स्कुले बालबालिकाहरु हराइरहेका छन्।

एक युवतीको शव फेला परेपनि बाँकीको खोजी भैरहेको भारतीय सुरक्षा अधिकारीले बताएका छन्। हराइरहेकाहरुको खोजिका लागि दर्जनौ संख्यामा उद्धारकर्मिहरु खटाइएका छन्। डुंगाको इन्जिन बीच नदीमा एक्कासी बन्द भएपछि दुर्घटनामा परेकाे भारतीय सञ्चार माध्ययमले जानकारी दिएका छन्। उक्त डुंगा नदीको छेउबाट करिब २ सय मिटर पर गई डुबेको थियो। 

 

प्रकाशित: २० भाद्र २०७५ ११:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App