coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

तरुण दल गोरखाको अध्यक्षमा पूर्व माओवादी लडाकु

गोरखा- नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दल गोरखाको अध्यक्षमा यमबहादुर थापा (अरुण) अत्याधिक मतले बिजयी भएका छन्। माओवादीका पूर्व लडाकु समेत रहेका उनी एक सय ९७ मत ल्याएर बिजयी भएका हुन्। शनिवार भएको निर्वाचनमा जम्मा खसेको दुई सय १९ मत मध्ये प्रतिद्वन्द्वी ध्रुब गुरुङले १३ र हेमराज घिमिरेले ८ मत ल्याएका छन् भने एक मत बदर भएको थियो।

तीन वर्ष अघि २०७० सालमा नेपाली कांग्रेसमा प्रवेश गरेरका थापा गोरखा ताक्लुङ गाविसका हुन्। २०५४ देखि १६ वर्ष माओवादीमा राजनीति गरेका थापा माओवादीमा काम गर्दा हतियार काण्डमा पक्राउ परेर तीन महिना जेल समेत बसेका थिए। उक्त समयमा माओवादीले कुनै सहयोग नगरी पार्टीका लागि काम गर्दा समेत जेल बस्न बाध्य पारिएपछि राजनीतिमा लागेको बताउँछन्। उनलाई जेलबाट छुटाउन नेपाली कांग्रेसले सहयोग गरेपछि उनी कांग्रेसमा प्रवेश गरेका थिए।  कांग्रेस भित्र प्रवेश गर्दा उनलाई नेपाल तरुण दलको आमन्त्रीत केन्द्रिय सदस्यमा मनोनित गरिएको थियो।

प्रकाशित: ३१ भाद्र २०७३ १३:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App