१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

व्याकरण सिकाउने तीज गीत

काठमाडौं- नेपाली व्याकरण सहजरुपमा सिकाउने गीत यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ। नेपाली ब्याकरण सिकाउने तीज गीत अहिले करिब १ लाखले युट्युवमा हेरिसकेका छन् भने फेसबुकमा समेत यसको चर्चा छ।

गीतमा ह्वस र दीर्घ कसरी छुट्याउने, कस्तो शब्द ह्वस र दीर्घ हुन्छन् भन्ने गीत मार्फत सिकाइएको छ। यो गीत अवारनेस इन्टरनेसनल एकेडेमी (एआइए) का विद्यार्थीले बनाएका हुन्।

गीत भने सो विद्यालयका नेपाली विषयका शिक्षक विमल घिमिरेले लेखेका हुन्। 'विद्यार्थीलाई सहज तरिकाबाट व्याकरण सिकाउनको लागि यो गीत लेखेको हुँ', घिमिरेले नागरिकन्यूजसँग भने, 'व्याकरण पढ्ने समयमा विद्यार्थीले झर्को मान्न थालेपछि कसरी सिकाउन सकिएला भन्ने सोच्दै यो विधि प्रयोग गरेको हुँ।' यो शिक्षण विधिको रुपमा आफुले प्रयोग गरेको उनको भनाई छ।

उनले लेखेको गीत विद्यार्थीले गाएपछि विद्यालयमा सबैले मन पराएका थिए। विद्यालयका संगीत शिक्षकले यसलाई रेकर्ड गरौं भनेपछि म्युजिक नेपालमा रेकर्ड गरिएको घिमिरेले बताए। गीतमा वाद्यवादन पनि विद्यार्थीले नै गरेको उनले बताए।

भिडियो :

 

 

 

 

 

प्रकाशित: २० भाद्र २०७५ ०८:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App