७ वैशाख २०८१ शुक्रबार
समाज

चन्द माओवादीका प्रवक्ता भोजपुर अदालतमा

भोजपुर– नेकपा विप्लव समूहका नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई जिल्ला अदालत भोजपुरमा उपस्थित गराइएको छ। प्रकाण्डविरुद्ध जिल्ला अदालत भोजपुरमा ३ वटा मुद्धा दायर छ। नुवाकोटबाट काठमाडौं विराटनगर हुँदै प्रकाण्डलाई मंगलवार राति भोजपुर ल्याइएको थियो। 

हालका प्रदेश एकका मुख्यमन्त्री शेरधन राईलाई आक्रमण गरेको अभियोगमा प्रकाण्डलाई भोजपुर ल्याएको हो। उनिविरुद्ध जिल्ला अदालत भोजपुरमा विस्फोटक पदार्थ र ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता छ। अदालतमा प्रकाण्डको वयान लिने काम भैरहेको र वयान सकिएपछि आजै वहस हुने अदालतले जनाएको छ। प्रकाण्डको पक्षबाट तीनजना वकिलले बहस गर्दैछन्। 

संघ र प्रदेशसभाको निर्वाचनको प्रचार प्रसारको क्रममा राईमाथि आक्रमण भएको थियो। भोजपुर सदरमुकामदेखि पश्चििमी टेम्के मैयुङ गाउँपालिका वडा नं ८, गोगनेको चुनावी सभाको लागि जाने क्रममा राई लगायत अन्य कार्यकर्ता सवार बा १५ ज ५६०८ नम्बर को ल्याण्डरोभर गाडीमा सकेट बम आक्रमण भएको थियो। 

प्रकाशित: २० भाद्र २०७५ ०६:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App