८ वैशाख २०८१ शनिबार
अर्थ

पारवहन सम्झौताको प्रोटोकललाई अन्तिम रुप दिन छलफल सुरु

काठमाडौं- नेपाल र चीनबीच व्यापार तथा पारवहन सम्झौताको प्रोटोकललाई अन्तिमरुप दिन छलफल सुरु भएको छ। काठमाडौंको होटल सोल्टीमा सुरु भएको छलफल भोलीसम्म चल्ने छ। नेपालको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैंजुले नेतृत्व गरेका छन्। यस अघि बेइजिङमा पनि छलफल भइसकेको छ।

दुइ देशबीचको व्यापारको लागि त्यसको मोडालिटीबारे छलफल गरेर अन्तिमरुप दिन नेपाली प्रतिनिधिमण्डलले तयारी गरेको छ। ब्यापारको लागि बन्दारगाह र रुटको बारे दुई देशका प्रतिनिधिमण्डलबीच छलफल हुने छ।

प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओली पहिलो पटक चीन भ्रमण जाँदा व्यापार तथा पारवहन सम्झौता भएको थियो। सम्झौता भए पनि प्रोटोकलमा हस्ताक्षर भएको छैन।

प्रकाशित: २० भाद्र २०७५ ०५:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App