१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नारायणगढको न्यू गणेश सुनचाँदी पसलबाट दुई केजी अबैध सुन बरामद

चितवन- प्रहरीले चितवनको नारायणगढबाट दुई केजी सुन र चार केजी चाँदी सहित एक जनालाई पक्राउ गरेको छ। तीन नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाको क्षेत्रीय अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले मंगलबार राति नारायणगढबाट सुनचाँदी बरामबर गरेको हो। 

भरतपुर महानगरपालिका वडा नंम्बर १ पुतलीबजारमा डेरा गरि बस्ने भारतको महाराष्ट्रको साङ्ली जिल्लाको आटपढे थाना घर भएका बर्ष २७ वर्षिय राजेन्द्र शिवाजी पाटिललाई प्रहरीले पक्राउ गरेको हो। पाटिलले सञ्चालन गरेको न्यू गणेश सुनचाँदी पसलमा खान तलासी गर्दा सुनचाँदी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए। 

२ केजी ७६ ग्राम सुन र ४ केजी ६१७ ग्राम, ६३० मिलिग्राम रहेको चाँदी गरि करीब १ करोड मूल्य बराबरको सुनचाँदी बरामद गरिएको प्रहरीले जनाएको छ। पाटिलको पसलबाट प्रहरीले १२ लाख रुपैयाँ नगद समेत बरामद गरेको छ। 

तिब्बतसँग जोडिएको रसुवा नाका हुँदै अबैध सुनचाँदी भित्राईएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए। बरामद गरिएको सुन, चाँदी, नगद र पक्राउ परेका व्यक्ति उपर अनुसन्धान गरेर  भन्सार ऐन, २०६४ अनुसार विस्तृत अनुसन्धान र आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान विभागमा पठाईने उनले बताए। 

 

प्रकाशित: २० भाद्र २०७५ ०५:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App