coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मस्जिदमा विस्फोट, १६ को मृत्यु

पेसावर- पाकिस्तानको उत्तरपश्चिममा आदिवासी समुदायको बसोबास रहेको एक बस्तीमा रहेको मस्जिदमा आत्मघाती विस्फोटनमा परी कम्तिमा १६ जना पाकिस्तानी नागरिकको मृत्यु भएको छ। उक्त घटनामा कम्तिमा ३५ जना अरु घाइते भएको पनि बताइएको छ। अफगानिस्तानको सीमा क्षेत्रमा अवस्थित पाकिस्तानी बस्ती बुटमानामा पाकिस्तानी सेनाले तालिवान विद्रोहीविरुद्धको कारबाहीलाई सशक्त पारेका बेला भएको उक्त घटनामा तालिवानी विद्रोहीको संलग्नता रहेको आशङ्का गरिएको छ। मस्जिदमा शुक्रबारको प्रार्थना भइरहेका बेला भएको आक्रमणमा प्रार्थनामा संलग्न मुस्लिम धर्मावलम्बीमाथि भएको भन्दै यस निन्दनीय घटनाप्रति पाकिस्तानी आदिवासी सङ्गठनका उच्च अधिकारीले विरोध जनाएका छन्। रासस/एएफपी

 

प्रकाशित: ३१ भाद्र २०७३ १३:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App