७ वैशाख २०८१ शुक्रबार
समाज

बाघको आक्रमणबाट ४ घाइते

रामेछाप– जिल्लाको रामेछाप नगरपालिका ४ हिमगंगाको चिलाउने खर्कमा मंगलबार बाघको आक्रमणमा परी ४ जना घाइते भएका छन्। बाघको आक्रमणबाट घाइते हुनेहरुमा ४९ बर्षिय तेज बहादुर तमाङ, ३५ बर्षिय छत्र बहादुर तमाङ, ५५ बर्षिय दल बहादुर विक र १५ बर्षिया मुना तमाङ रहेका छन्। 

मंगलबार विहान तेज बहादुर तमाङ गोठमा बस्तुलाई घाँस हाल्न जाँदा गोठमा बाच्छा नदेखे पछि तमाङले बाच्छा खोज्दै जादा गोठ नजिकै मकैबारीमा बाघले बाच्छा खाइ रहेको देखे। बाघ देख्ने वितिकै अत्तालिएर कराउँदै भाग्न खोेजेका तमाङलाई एक्कासी बाघले आक्रमण गरेको थियो। बाघले आक्रमण गरेपछि प्रतिकार समेत गरेका तेज बहादुरको टाउको र हातमा चोट लागेको छ। 

तामाङ डरले कराएको सुनेर दल बहादुर विक पनि बाघले आक्रमण गरेको ठाउमा पुगे। दल बहादुर त्यहाँ पुग्दा तेज बहादुर भागिसकेका थिए। ‘आफू पनि मकै बारीको घारी भएकाले एक्कासी बाघ भएकै ठाउमा पुगेछु त्यही बेला बाघले मलाइ समेत झम्टियो’, उनले भने। दलबहादुरको टाउको र अनुहारमा गहिरो चोट लागेको छ। बाघले बाच्छी खाएको र मान्छेलाई समेत आक्रमण गरेको हल्ला भएपछि गाउँले भेला भएका थिए। घटना हेर्न मानिस भेला भइरहेको बेला बाघको अघिल्तिर रहेका छत्रबहादुरलाई समेत बाघले झम्टिएर घाइते बनायो। उनको घाटीमा समाउने गरी आक्रमण गरेको भएता पनि घाँटी छल्न सकेकोले हातको नाडीमा बाघले टोकेको छ। त्यही बेला १५ बर्षिया मुना तमाङलाई समेत आक्रमण गरेको थियो। 

उनीहरुको जिल्ला अस्पताल रामेछापमा मंगलबार साँझबाट उपचार गरिएको छ। घटना विहानै भएता पनि उपचारका लागि जिल्ला अस्पताल आइपुगेपछि साँझ मात्र बाहिर जानकारीमा आएको हो। 

घटनाको जानकारी पाउना साथ घाइते हेर्न जिल्ला अस्पताल रामेछाप डाडामा पुगेका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक अमरेन्द्र बहादुर सिंहले घाइतेको अवस्था सामान्य रहेको जानकारी दिए। सिंहले घाइतेलाई जंगली जनावरवाट हुने रोगको संक्रमणबाट बचाउनका लागि सो को केही उपचारका लागि बुधबार काठमाडौंको टेकु अस्पतालमा पठाउने तयारी भएको समेत जानकारी दिए। 

प्रकाशित: २० भाद्र २०७५ ०२:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App