४ वैशाख २०८१ मंगलबार
समाज

अपहरणको धम्की दिँदै ५ लाख माग्ने समुहका ३ पक्राउ

काठमाडौं– बनस्थली स्थित अनिश रेमिट कम्पनीमा कार्यरत कर्मचारी गणेशमान श्रेष्ठलाई अपहरणको धम्कीसहित ५ लाख रुपैयाँ माग गर्ने समुहका ३ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा नेपाली मुलका क्यानेडियन नागरिक २७ वर्षका रविन गुरुङ र गोरखा बारपाकका २४ वर्षे जिवाजी गुरुङ र माइकल भनिने रामेछापका २४ वर्षे विष्णु गुरुङ रहेको प्रहरीले जनाएको छ।

काठमाडौंका विभिन्न स्थानमा बस्दै आएका उनीहरुलाई प्रहरीले १ थान नक्कली पेस्तोल, २ थान खुकुरी, एक थान एफजेड–५ मोटरसाइकल, एक थान पासपोर्टहित पक्राउ गरेको जनाएको छ।

रेमिटमा कार्यरत श्रेष्ठलाई नकाब लगाएर गएका उनीहरुले बोल्न कराउन नदिई सुरुमा २ लाख रुपैयाँ माग गरेको र श्रेष्ठले नगद रकम नभएकोले चेक दिन्छु भनेपछि ५ दिनमा फेरी आउने र प्रहरीलाई खबर नगर्न चेतावनी दिएर गएका थिए।

पछि उनीहरुले प्रहरीमा खबर गरेको भन्दै मार्ने अपहरण गरी मार्ने धम्कीसहित रेमिटको अफिसमा रोमन नेपाली अक्षरमा चिठी लेखेर छोडेको सूचनाको आधारमा प्रहरीले अनुसन्धान गरी पक्राउ गरेको जनाएको छ।  
 

प्रकाशित: ३१ भाद्र २०७३ १२:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App