८ वैशाख २०८१ शनिबार
राजनीति

लेबनानले शान्ति सेनालाई सम्मान गर्ने

काठमाडौं – संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत खटिई शान्तिसुरक्षा कायम राख्ने क्रममा ज्यान गुमाएका नेपाली सुरक्षाकर्मीलाई लेबनान सरकारले त्यहींका नागरिकसरह सम्मान गर्ने भएको छ। लेबनानको औपचारिक भ्रमणमा रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई त्यहाँका रक्षामन्त्री याकुब रियाद सर्राफले सो सम्मानबारे औपचारिक जानकारी दिएका हुन् । लेबनानमा शान्ति मिनमा खटिएका बेला २९ नेपाली सुरक्षाकर्मीले ज्यान गुमाएका छन् । लेबनानमा शान्ति मिसनमा नेपाली सेना खटिन थालेको ६२ वर्ष पुगेको छ।

लेबनानमा शान्ति स्थापनाका लागि हालसम्म ५ हजारभन्दा बढी नेपाली सेनाले सहयोग पु¥याएको भन्दै मन्त्री सर्राफले नेपालीको प्रशंसा गरे। ‘लेबनानमा शान्ति बहालीका लागि अन्य मुलुकका सेनाले काम गरे पनि नेपाली सेनाप्रति लेबनानीको छुट्टै सम्मान छ । यसबाट दुईपक्षीय सम्बन्ध विस्तारमा ठूलो भूमिका निर्वाह भएको छ,’ मन्त्री सर्राफले भने, ‘त्यसैले नागरिकसरह सम्मान गर्नका लागि प्रक्रिया अघि बढाइएको हो।’

जबाफमा रक्षामन्त्री पोखरेलले लेबनानको शान्तिका लागि नेपाल सदैव तत्पर रहेको बताए। उनले शान्त, समृद्ध र स्थिर लेबनानका पक्षमा लामो समयदेखि नेपालले आफ्नो धारणा राख्दै आएको र त्यसमै अडिग रहेको स्मरण गराए। लामो अस्थिरतापछि शान्तितर्फ उन्मुख रहेको लेबनानमा निर्वाचनबाट नै शान्ति र राजनीतिक स्थायित्व हुने बताउँदै उनले भने, ‘यो नेपालको अनुभव हो, नेपाल पनि १२ वर्षसम्म द्वन्द्वको अवस्थामा थियो, अहिले शान्तिको दिशामा छ।’ लेबनानका रक्षामन्त्री सर्राफलाई नेपाल भ्रमणका निम्तो दिँदै पोखरेलले लेबनानी आर्म फोर्सका अधिकारीलाई नेपालमा कमान्ड तालिम, प्यारा बेसिक तालिमलगायतका नेपाली सेनाले उपलब्ध गराउने विशिष्ट सैनिक तालिममा सरिक गराउन प्रस्ताव गरे। नेपाल र लेबनानबीच सन् १९६३ मा कूटनीतिक सम्बन्ध विस्तार भएको थियो । त्यसको ५ वर्ष अघिदेखि नै नेपाली सैनिक शान्ति स्थापनार्थ लेबनानमा कार्यरत छन्।

प्रकाशित: २० भाद्र २०७५ ०१:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App