जनताको निराशा र असन्तुष्टि हल गर्न दुवैै अध्यक्ष गम्भीर छौं : दाहाल

मङ्गलबार, १९ भदौ २०७५, २१ : २७ नागरिक

काठमाडाैं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपालको विकास र समृद्धिका लागि छिमेकी देशहरुसँगको सम्बन्ध अझै सुधार गर्न भारत र चीनको भ्रमण गर्न लागेको बताएका छन्।

आफ्नै निवास खुमलटारमा मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपालको विकासमा छिमेकी देशहरुको सहयोग अत्यन्तै महत्वपूर्ण रहेकाले त्यसका लागि थप वातावरण बनाउन भ्रमण गर्न लागिएको बताए। 

“दुवै छिमेकीसँगको सन्तुलित सम्बन्ध र सहयोगबाट नेपाली समाजको रुपान्तरण गर्ने दिशामा मेरो भ्रमण केन्द्रित रहनेछ”, उनले भने, “अध्यक्षका नाताले दुवै देशबाट निम्तो आएपछि भ्रमणको कार्यतालिका बनेको हो, मैले छिमेकी देशहरुसँग विगतमा भएको सहमति कार्यान्वयन र सरकारलाई सहयोग गर्ने विषयमा छलफल गर्नेछु।” अध्यक्ष दाहाल यही भदौ २१ गते भारत भ्रमणमा जान लागेका छन्। 

भदौभित्रै पार्टी एकता 

अध्यक्ष दाहालले पार्टी एकताको सम्पूर्ण काम यही भदौ मसान्तसम्म पूरा गर्ने अभियानमा लागेको जानकारी गराए। तल्लो तहदेखि माथिसम्म एकताका लागि गठन भएको कार्यदलहरुले प्रतिवेदन बुझाई सकेको बताउँँदै अध्यक्ष दाहालले पार्टीको स्थायी समिति र सचिवालयको बैठकले यसको अन्तिम टुङ्गो लगाउने बताए। “तल्ला समितिमा कुनै समस्या भएर एकीकरणमा ढिलाई भएको होइन।” 

उनले भने, “एकताका लागि गठित कार्यदलहरुले प्रतिवेदन दिएका छन्, ठूलो पार्टी भएको अवस्थामा देखिने सामान्य असन्तुष्टिहरुको समेत व्यवस्थापन गर्ने गरी यसको टुङ्गो यही महिनाभित्र लगाइने छ।” स्थानीय तहसम्मको पार्टी एकतापछि पार्टीले नयाँ गति लिनेसमेत उनको भनाइ छ। 

सरकारको कामबारे गम्भीर समीक्षा शुरु 

सरकारको भूमिकाबारे जनताको तहमा देखिएको असन्तुष्टिलाई समयमा नै हल गर्नुपर्नेमा जोड दिए। “जनताको तहमा छाएको निराशा र असन्तुष्टिबारे हामी दुवैै अध्यक्ष गम्भीर छौं।” 

अध्यक्ष दाहालले भने, “हाम्रो बीचमा यो विषयमा गम्भीर छलफल शुरु भएको छ। आम जनताले सरकारबाट राखेको अपेक्षा पूरा गर्न सरकारको भूमिका र संचरनाका बारेमा के कसरी जाने भन्ने विषयमा गम्भीर ढङ्गले छलफल भइरहेको छ। हाम्रो मुख्य जोड जनतामा छाएको असन्तुष्टि हल गर्दै हामीले लिएको बाटोतर्फ देशलाई अघि बढाउने हुनेछ।” 

अध्यक्ष दाहालले समीक्षाबाट प्राप्त निष्कर्षलाई पार्टीभित्र समेत छलफल गरी सरकारको प्रभावकारिता बढाउने दिशामा ठोस कदम चालिनेसमेत बताए। 

अभ्यास नपुग्दा समस्या 

पछिल्ला दिनमा स्थानीय तहदेखि केन्द्रीय सरकारको भूमिकाबारे प्रश्न उठिरहेको विषयमा राखिएको जिज्ञासाका बारेमा अध्यक्ष दाहालले समग्र राजनीतिक परिवर्तनपछिको अवस्थाको अहिले नै संश्लेषण गर्न नसकिने बताए। 

देशमा विगतको संरचना नरहेको र नयाँ सङ्घीय, समानुपातिक र समावेशी राज्य संरचनाको निर्माण भएको परिवेशमा पूर्ण कार्यान्वयनमा आउन समय लाग्ने स्पष्ट पारे। करका विषयमा पछिल्लो समय उठेको विवाद र समस्याको समाधानका लागि समेत सरकार गम्भीर रहेको अध्यक्ष दाहालको भनाइ थियो। 

अध्यक्ष दाहालले हरेक परिवर्तनपछि पुराना शक्ति र नयाँ चाहने शक्तिबीच जहिल्यै पनि सङ्घर्ष चर्किने बताउँदै स्थानीय तहहरुमा केही समस्या देखिए पनि कैयन सकारात्मक पक्षसमेत रहेको बताए। स्थानीय तहमा अहिले हाम्रा लागि केही गरौँ भन्ने भावनाको विकास भएको छ। यसको परिणाम दीर्घकालमा देखिने स्पष्ट पारे। 

सरकार र संरचनाबारे पूरै नकारात्मक चित्रण गर्ने समय आइनपुगेकोमा अध्यक्षले विशेष जोड दिए। उनले भने, “हिजो सङ्घीयता, समानुपातिक समावेशिलगायतका विषय सैद्धान्तिक बहसमा थिए र त्यही अनुरुपको संविधान बन्यो, तर अब यसबारे व्यवहारमा वास्तविक बहस शुरु भएको छ।” 

सामाजिक मूल्यमा ह्रासप्रति चिन्ता

अध्यक्ष प्रचण्डले नेपाली समाजका कतिपय सांस्कृतिक, व्यवहारिक तथा नैतिक मूल्यमा देखिएको विचलनप्रति चिन्ता व्यक्त गरे। उनले भने, “हाम्रो समाजमा किन यस्तो प्रवृत्ति फैलियो, किन समाज हिंसात्मक भयो र विचलन हुँदैछ भन्ने विषयमा सबैले सोच्नु जरुरी छ। सरकार या नेता विचलन भए त अरू खोजाैंला तर समाज नै विचलन भएर स्खलित भए त्यो माथि उठाउन निकै गा-हो पर्छ।” रासस





यसमा तपाईको मत

अन्य समाचार

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बाँकेको कोहलपुरमा शाखा संचालनमा ल्याएको छ। सो शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका नगर प्रमुखु लुट...

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवालाई थप स्तरीय बनाउन विभिन्न उपकरण खरिद प्रक्रिया अगाडि बढाइएको छ। ...

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकको सिभिल ट्रेड सेन्टर, सुन्धारा स्थित कर्पोरेट अफिसमा आयोजित एक कार्यक्रमका बीच आइ एस ओ 9001:2015 को प्रमाणपत्र आइ...

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता, सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले ३ गते सम्म ऐक्सचेन्ज अफर सहितको फ्रि मनसुन चेकअप...

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

नेपालको लागि अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजिज प्रा. लि.ले एक महिना अगाडी सफतापूर्वक बजेट सेगमेण्टको अनर 8A  लन्च गरे लगत्तै...

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

सामसङ नेपालले हालै काठमाडौंको न्युरोड स्थित ताम्राकार कम्प्लेक्सको तेश्रो तलामा आफ्नो आधिकारिक सर्भिस् सेन्टर उच्च स्थरिय सेवा सहितको  शुभारम्भ गरेको...

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

स्मार्टफोनमा पब्जी वा अन्य कुनै अनलाइन गेममा खराब इन्टरनेटले र ल्यागले मज्जा नै खराब गर्छ ...

Ncell Footer Ad