७ वैशाख २०८१ शुक्रबार
राजनीति

संघीय सरकारको कामप्रति सत्तारुढ सांसदकै आपत्ति

मकवानपुर– संघीय सरकारले स–साना परियोजनाको प्रदेशमा कार्यालय खोल्न लागेको भन्दै सत्तारुढ नेपाल कम्युनिट पार्टि (नेकपा)का सांसदहरुले आपत्ति जनाएका छन्। मंगलबार प्रदेश राजधानी हेटौंडामा बसेको बैठकमा नेकपाको ३ नम्बर प्रदेशको संसदीय दलको बैठकमा संसदीय दलका नेता एवम् ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकार दीर्घकालिन योजना लिएर अगाडि बढिसकेको बताए।

प्रदेशस्तरीय योजनाहरु सम्पन्न गराउन सबैले सहकार्य गर्न जरुरी रहेको उनले बताए। ‘प्रदेश सभाबाट हालसम्म १७ वटा विधेयक पास भईसकेको छ,’ उनले भने, ‘प्रदेश सरकारको काम सन्तोषजनक रहेको छ, सबैको सहयोगको खाँचो छ।’ कानुन निर्माणलाई प्रदेश सरकारले तिब्रता दिइरहेको जानकारी गराउँदै उनले विकास निर्माण, सुशासनबारे देखिएको अन्यौलता विस्तारै हट्ने दाबी गरे।

प्रदेशको मन्त्रिपरिषदको बैठकबाट दिएका सैद्धान्तिक सहमतिको विषय, प्रदेश सभाबाट पारित भएका विधेयकहरुबारे समेत बैठकमा छलफल गरिएको थियो। संघीय सरकार र प्रदेश सरकारबीच सम्बन्ध मजबुत पार्ने सम्बन्धमा पनि बैठकमा प्रदेश सांसहरुबीच छलफल भएको बताइएको छ। बैठकमा संसदीय काम, पार्टीका काम र सरकारका कामहरुका विषयमा पनि छलफल भएको प्रदेश सांसद रामेश्वर फुयाँलले जानकारी दिए।

तीन नम्बर प्रदेशलाई हरित प्रदेश,  फलफूल बर्षका रुपमा अगाडी बढाउने विषयमा नेकपा संसदीय दलको बैठकमा सांसदहरुले कुरा उठाएका थिए। प्रदेश सरकारको नीति तथा कार्यक्रममा प्रस्तुत गरेको अवधारणामा रहेको प्रोजेक्ट बैंकलाई दिगो रुपमा अघि बढाउन समेत सत्तारुढ सांसदहरुले मन्त्री र सरकारलाई आग्रह गरे। संसदीय दलको आगामी बैठकमा मन्त्रालय, प्रदेशस्तरीय समिति र सरकारको प्रगति प्रतिवेदनसहित छलफल गर्न सांसदहरुले माग गरे अनुसार गरिने बताइएको छ।

बैठकमा प्रदेश सांसदहरु रमा आले मगर, प्रेमबहादुर पुलामी, बेलीमाया घले, शशीजंग थापा, प्रदीप कटुवाल, केशबराज पाण्डे, कञ्चन खनाल, आशामाया तामाङ, शान्तीराम पौडेल, हिमाली गोले, सरस्वती बस्नेत, लेखनाथ दाहाल, योगेन्द्र संग्रौला, रामकुमार अधिकारी, बद्रि मैनालीलगायतले प्रदेशको बजेट कार्यान्वयन सम्बन्धी कार्यविधि सम्पन्न गरी छिटो भन्दा छिटो प्रभावकारी कार्यान्वयन गर्दै अगाडि बढ्न सरकारलाई आग्रह गरेका थिए।

प्रकाशित: १९ भाद्र २०७५ १४:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App