८ वैशाख २०८१ शनिबार
समाज

काठमाडाैंमा हराएकी किशोरी वीरगन्जमा फेला परिन

काठमाडौं– काठमाडौको बानेश्वरबाट हराइरहेकी एक किशोरीलाई प्रहरीले वीरगन्जमा फेला पारी काठमाडौ ल्याएको छ। बानेश्वरको मिलन चोकबाट हराएकी १५ वर्षीया किशोरी निक्की पराजुलीलाई प्रहरीले आइतबार वीरगन्जमा फेला पारी सोमबार साझ काठमाडौ ल्याएर आफन्तलाई जिम्मा लगाएको छ।

महानगरीय प्रहरी परिसरको टोलीले पराजुलीलाई गत आइतवार वीरगंजमा फेला पारेको परिसरका प्रवक्ता एसपी रामदत्त जोशीले जानकारी दिए। भ्याली बोर्डिङ स्कुलको कक्षा १० मा अध्ययनरत पराजुली गत साउन २८ गते हराएको उजुरी उनका आफन्तले महानगरीय प्रहरी बृत्त गौशालामा दिएका थिए। निक्की यसअघि पनि घरबाट कसैलाई नसोधी निस्कने गरेको प्रहरीले जनाएको छ।

‘कहिलेकाही घरबाट बाहिर निस्कदा पनि कसैलाई नसोधी निस्केकी रहिछिन त्यसदिन पनि घरबाट निस्केको कसैलाई पनि थाह भएनछ’, प्रवक्ता जोशीले बताए। उनका अनुसार निक्की कोही साथीसँग वीरगन्ज घुम्न गएकाले काठमाडौ ल्याएपछि आफन्त र उनलाई सँगै राखेर काउन्सिलिङ गरिएको थियो।

प्रकाशित: १९ भाद्र २०७५ १३:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App