coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

विकास समितिले सहरी मन्त्रालयलाई सोध्यो : काठमाडौंको जनसंख्या बहन गर्ने क्षमता कति हो ?

काठमाडौं - संसदको विकास समितिले काठमाडौं उपत्यकाको जनसंख्या बहन गर्ने क्षमता कति हो १५ दिन भित्र  जानकारी गराउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ।

समितिको बैठकले काठमाडौं उपत्यकाको आसपास विकास गर्ने भनिएका स्याटलाइट सिटीको काम अघि बढाउन समेत निर्देशन दिएको छ। ल्याण्डपुलिङ्ग कार्यमा समेत अपेक्षित प्रगति भएको नदेखिएकोले स्याटलाइट सिटी निर्माणमा     देखिएका समस्याहरुलाई तत्काल समाधान गरी कार्य अगाडि बढाउन समिति नेपाल सरकार, सहरी विकास    मन्त्रालयलाई भनेको छ। 

जोखिमपूर्ण बस्तीहरुलाई स्थान्तरण गर्ने, एकीकृत बस्ती विकास गर्ने, पुराना सहरहरुलाई व्यवस्थित गर्ने, जनता आवास कार्यक्रम लगायतका यस मन्त्रालय अन्तर्गतका कार्यक्रमहरुमा अस्पष्टता रहेको भन्दै समितिले स्पष्टता कायम गर्न भनेको छ। कार्यक्रमलाई कार्यान्वयनमा लैजान तथा हालसम्म जनता आवास कार्यक्रम र  स्मार्ट सिटी कार्यक्रममा भएको सम्पूर्ण (बजेटरी, गैरबजेटरी, रकमान्तर भएको रकम) खर्चको यथार्थ विवरण, खर्च अनुरुप कार्य सम्पादन हुन नसक्नुका कारणहरु, लगानी अनुरुपको प्रतिफल नदेखिँदा अनियमितताको आशङ्का नगर्नु पर्ने भए उक्त कारणहरु लगायतका विस्तृत विवरण १५ दिन भित्र समितिलाई उपलब्ध गराउन सहरी विकास मन्त्रालयलाई भनेको छ।

बाहिरी चक्रपथको पाइलट प्रोजेक्ट चोभार सतुङ्गलमा किन रोकिएको हो ? ईचङ्गुनारायण जग्गा एकीकरण    आयोजना किन लम्बिएको हो ? धोबीखोला अनामनगरमा पस्ने गरी कोरिडोर बनेको पाइन्छ, बनाउनु पूर्व किन ध्यान दिइएन ? समितिलाई पन्ध्र दिन भित्र लिखित जानकारी गराउन समेत विकास समितिले भनेको छ।  

 

प्रकाशित: १९ भाद्र २०७५ ११:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App