७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

जापानमा शक्तिशाली तुफान: कान्साइ विमानस्थल बन्द

तस्बिर:एजेन्सी

जापानमा आएको एक शक्तिशाली तुफानका कारण दुई जनाको मृत्यु भएको र अन्य ७६ जना घाइते भएका जापानी सञ्चार माध्यमहरुले जनाएका छन्। २५ वर्ष यताकै सबैभन्दा शक्तिशाली ‘जेबी’ नामक तुफानले ‘ल्याण्डफल’ समेत गराएको छ।

तुफानका कारण आएको बाढीले जापानको एउटा प्रमुख विमानस्थल कान्साइ अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावित पारेको छ र अहिले विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ। प्रभावित क्षेत्र विशेष गरी पश्चिम जापानतर्फ हुने सयौँ उडानहरु रद्द गरिएका छन्।

तुफानमा परी दुई जनाको ज्यान गएको छ भने दर्जनौ घाइते भएका छन्। जापानको पश्चिमी गएको शक्तिशाली तुफानसँग भारी वर्षा भएको छ।

घरका छत छुडाउनुका साथै तुफानले गुडि रहेको ट्रकलाई समेत पल्टाइदिएको छ। तुफानका कारण कन्सलाई अन्तराष्ट्रि विमान स्थलका उडानहरु बन्द गरिएको छ।
समुन्द्रको किनारमा आएको बाढीले विमास्थलको केही भागमा बाढी आएकाले उडान प्रभावित बनेको बताइएको छ।

स्थानीय मध्यान्न दिउँसोको समयमा आएको तुफाको २१६ किलो मिटर प्रति घण्टा गति रहेको थियो।

स्थानीय सञ्चारमाध्यमका अनुसार तेज हावाका कारण ७१ वर्षीय व्यक्तिसँगै एक अर्को व्यक्तिको पनि मृत्यु भएको भने ९७ जना घाइते भएका छन्। तर घाइते सबैको अवस्था सामान्य छ।

प्रकाशित: १९ भाद्र २०७५ ११:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App