coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सुत्केरी गराउन ल्याइएकी महिलाको मृत्यु भएपछि तनाव

पाँचथर- सुत्केरी गराउन स्वास्थ्य संस्था ल्याईएकी महिलाको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ। जिल्लाको याङवरक गाँउपालिका– ३ मा रहेको स्वास्थ्य चौकिमा सुत्केरीका लागि राखिएको महिलाको मृत्यु भएपछि आफन्तहरुले चिकित्सकको लापवार्हीमा मृत्यु भएको भन्दै जाहेरी दिने प्रयास गरीरहेका छन् भने घटनालाई मिलाउनका लागि प्रयासहरु भईरहेका छन्। तीन दिन स्वाथ्य केन्द्रमा राखिएकी  गिता देवान सेलिङको मृत्यु भएको थियो।

१५ गते स्वास्थ्य संस्था लगिएकी महिलाको १७ गते मृत्यु भएको मृतकका आफन्त सन्तोष सेलिङले बताए। १५ गते स्वास्थ्य संस्थामा राखेपछि चौकी इन्चार्ज जेतबहादुर शाही र अनमी सोलमी तामाङमा घुम्न गएको आरोप पीडितका आफन्तको रहेको छ। निम्न आर्थिक अवस्था भएको तथा सोझो परिवारकी महिलाको मृत्यु भएको हो। १७ गते प्रमुख शाहि आएपछि पेट थिचेर बच्चा जन्माउन खोजेपछि आधा बच्चा निस्किएर महिलाको मृत्यु भएको आफन्तको आरोप छ। तर स्वास्थ्यकर्मीहरु भने थप उपचारका लागि फिदिम ल्याउने क्रममा मृत्यु भएको दाबी गर्छन। स्वास्थ्य चौकीमै मृत्यु भएको मृतकका श्रीमान समिर सेलिङले बताए।

आफन्तहरुले इन्चार्ज शाही, अनमी तामाङ र अनमी बर्षा गौतम विरुद्ध किटानी जाहेरी दिने प्रयास गरेपनि दर्ता हुन सकेको छैन। सोमवारनै लिखित उजुरी प्रहरी कार्यालयमा आएपछि प्रहरीले दर्ता गरेको छैन। पाँचथरका प्रहरी प्रमुख डिएसपि नरेन्द्र कुँवारले भने आफूसमक्ष जाहेरी नआएको दाबी गरे। उपचारमा लापार्वाही गरीएको तथा समयमा रेफर समेत नगरीएको भन्दै स्थानीयले स्वाथ्य चौकीमा तालाबन्दी गरेका छन्। मृतकको शवको पोष्टमार्टम हुन सकेको छैन। जाहेरी दिएरमात्र पोष्टमार्टम गर्ने आफन्तको भनाई छ।

प्रकाशित: १९ भाद्र २०७५ ०९:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App