७ वैशाख २०८१ शुक्रबार
राजनीति

सरकारको भनाई र गरार्ईको तालमेल मिलेन : नेता पौडेल

तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताका आधारभूत आवश्यतालाई विर्सिएर बर्तमान सरकार रेल र पानीजाहज भन्दै हिडेको आरोप लगाएका छन्। रिपोर्टर्स क्लव नेपाल तनुहँ शाखाले दमौलीमा आयोजना गरेको कार्यक्रममा नेता पौडेलले आम नागरिकलाई आधारभूत आवश्यकताको विषयमा समस्या परिरहेको समयमा प्रधानमन्त्रीले रेल र पानीजहाजको मात्रै कुरा गर्ने गरेको आरोप लगाए।

देशभरका सडक, खानेपानी, स्वास्थ्य, रोजगारीलगायतका विषयलाई विर्सिएर पानी जहाज र रेलका ठूला कुरा गर्नु उपयुक्त नभएको पौडेलले भनाई छ। अहिलेको झण्डै दुई तिहाइको सरकारलाई विकास र समृद्धिको लागि काम गर्ने निकै ठुलो अवसर भएपनि  सरकार त्यसतर्फ केन्द्रीत नभएको उनको आारेप छ।

प्रधानमन्त्री ओलीले सुशासनको कुरा धेरै गरेको बताउँदै पोडेलले प्रधानमन्त्रीले भ्रष्टाचार नगर्ने र गर्न नदिने बताएपनि त्यो लागू हुन नसकेको बताए। ‘अहिले वाइडबडि जहाज खरिद प्रकरण भ्रष्टचार भएको कुरा बाहिर आइरहेको छ’, पौडेलले भने, ‘त्यसको सुक्ष्म छानविन हुनुपर्छ।’ वाइडवडि जहाज प्रकरणमा सरकारले छानविन समिति बनाएपनि त्यसले झारा टार्ने काम मात्रै गरेको पोडेलको आरोप छ।

प्रकाशित: १९ भाद्र २०७५ ०६:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App