८ वैशाख २०८१ शनिबार
अर्थ

गरिबी निवारण कोषले पुनःनिर्माण गर्ने

मलेखु (धादिङ)– गरिबी निवारण कोषले जिल्लाको २१ गाविसमा कोषले निर्माण गरेका तर भूकम्पले क्षति पुर्याएका आयआर्जन तथा भौतिक पूर्वाधार योजना निर्माण गर्ने भएको छ।

कोषले भूकम्प पुनःनिर्माण वर्षको रुपमा यस वर्षलाई अघि बढाउँदै असोजदेखि पुनःनिर्माणका काम सुरु गर्ने जनाएको छ। विभिन्न ६ वटा संस्थामार्फत २१ वटा गाविसमा काम गर्न भौतिक पूर्वाधारको योजना तर्जुमा गरिएको धादिङका कार्यक्रम प्रबन्धक अनिलप्रसाद खनालले बताए।

खोपानीका २२, सिँचाइका चार, प्राथमिक विद्यालय ६, जलविद्युत एकवटा पुनःनिर्माण गरिने छ। आर्जनसम्बन्धी २७ योजना समेत सञ्चालन गरिने छन्। भौतिक पूर्वाधारमा रु एक करोड १६ लाख ७० हजार र आयआर्जनका लागि रु ८८ लाख ४८ हजार खर्च गर्ने गरी योजनाको काम सुरु भएको छ।

जिल्लामा गरिबी निवारण कोषले अति गरिब घरधुरी छनोट गरी स्थानीय तहमा ५५५ सामुदायिक संस्था गठन गरी ५५२ विभिन्न योजना सञ्चालन गरिसकेको छ। रासस

प्रकाशित: ३१ भाद्र २०७३ ११:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App