coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खोटेहाङमा चौथो प्रसूति गृह

खोटाङ – खोटाङको खोटेहाङ गाउँपालिकामा चौथो प्रसूति गृह सञ्चालनमा आएको छ । नौवटा वडा रहेका खोटेहाङ गाउँपालिका–६, इन्द्रेणी पोखरीमा प्रसूति गृह स्थापना भएको हो । बच्चा जन्माउने क्रममा हुने मातृशिशु मृत्युदर घटाउन स्वास्थ्यचौकी इन्द्रेणी पोखरीमा प्रसूति गृह सञ्चालनमा ल्याइएको हो।

सुरक्षित रूपमा सुत्केरी गराउन जिल्ला अस्पताल दिक्तेल वा जिल्ला बाहिरका स्वास्थ्य संस्था जानुपर्ने बाध्यता हटाउन गाउँपालिकाका विभिन्न स्वास्थ्यचौकीमा प्रसूति गृह स्थापनालाई प्राथमिकता दिइएको गाउँपालिका प्रमुख प्रदीप राईले बताए।

इन्द्रेणीपोखरी बर्थिङ सेन्टर आइतबार उद्घाटन गरिएको हो । यसअघि खोटेहाङ गाउँपालिकाका सावाकटहरे, खोटाङबजार र बड्कादियालेमा बर्थिङ सेन्टर सञ्चालनमा आइसकेका छन् । सावाकटहरेको प्रसूति गृह औपचारिक रूपमा उद्घाटन गर्न बाँकी छ।

सिमपानी, लिच्कीराम्चे, वाप्लुखा र लिकुवापोखरीमा पनि स्वास्थ्यचौकीमा पनि भवन निर्माण सकिएलगत्तै बर्थिङ सेन्टर स्थापना गरिने गाउँपालिकाले जनाएको छ । हरेक वडामा बर्थिङ सेन्टर स्थापना गर्ने लक्ष्य रहेको गाउँपालिकाकी उपप्रमुख कविता राईले बताईन्।

प्रकाशित: १९ भाद्र २०७५ ०२:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App