coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

मोदीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले दोस्रो दिन भारतीय प्रधानमन्त्री मोदीसँग भेट गर्दै नेपाल भ्रमणको निम्ता दिएका हुन्।

‘मैले प्रधानमन्त्री मोदीजीलाई नेपाल भ्रमणको निम्ता दिएको छु’, दाहालले संयुक्त पत्रकार सम्मेलनमा भने, ‘आगामी दिनमा उहाँले नेपाल भ्रमण गर्नुहुनेछ।’

भारत भ्रमणमा रहेका प्रधानमन्त्री दाहालको प्रतिनिधिमण्डल र भारतीय पक्षबीच १५ एजेन्डामा छलफल भएका छन्। यी मध्ये केहीमा सम्झौता भएका छन्।
 

प्रकाशित: ३१ भाद्र २०७३ १०:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App