coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हटेन बालाजु क्षेत्रकाे विद्युत अवरोध, मर्मत जारी

ट्रन्सफर्मर मर्मत गर्दै प्राविधिकहरू

काठमाडौं–शनिबार रातिदेखि अापूर्तिमा समस्या आएको बलाजु क्षेत्रको विद्युत् अझै नियमित हुन सकेको छैन। नेपाल विद्युत् प्राधिकरणको बालाजुस्थित सबस्टेसनमा शनिबार साँझ भएको आगलागीबाट एउटा ट्रन्सफर्मर जलेपछि पिक आवरमा विद्युत् आपूर्ति बढी अवरुद्ध हुन पुगेको छ। 

 प्राधिकरणका अनुसार धर्मस्थली, विष्णुमती, नागार्जुन, महाराजगञ्ज(१, महाराजगञ्ज(२, टेकु(१, बिआई डि(१, बिआई डि(२, नयाँ बजार फिडरहरुबाट विद्युत आपूर्ति भएका क्षेत्रहरुमा विद्युत् अपूर्तिमा समस्या आइरहेकोे छ। 
प्राधिकरणले क्षतिभएको ट्रान्सफर्मको मर्मत गरिरहेको जनाएको छ।सबस्टेसनमा रहेका २ वटा २२.५ एमभिएको ट्रान्सफर्मरमध्ये एउटाको उच्च भोल्टेज बुसिङमा शनिबार राति करिब ७ बजे आगलागी भएको थियो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आइतबार सबस्टेसनको स्थलगत निरीक्षण गरी मर्मतसम्भारको काम छिट्टो सक्न निर्देशन दिएका थिए।आगलागी भएको बुसिङ परिवर्तन भइसकेको र बाँकी मर्मतको काम पनि छिट्टै सकिने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी गराए।  
बालाजु सबस्टेसनमा पिक आवरमा करिव ३१ मेगावाट विद्युत माग हुन्छ। साधारण समयमा सबस्टेसनमा चालू रहेको एउटा ट्रान्सफर्मरले लोड धाने पनि पिक समयमा नधान्ने हुँदा आलोपालो गर्दे त्यस क्षेत्रमा विद्युत् आपूर्ति कटौती गरिएको प्राधिकरणले जनाएको छ। 

 

प्रकाशित: १८ भाद्र २०७५ ११:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App