८ वैशाख २०८१ शनिबार
खेल

एसियाडमा रजत जित्ने खेलाडी सम्मानित

तस्विर : युवा तथा खेलकुद मन्त्रालय।

काठमाडाैं - इण्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुदमा नेपालको तर्फबाट एक मात्रै रजत विजेता टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नगद सहित सम्मान गरेको छ। राखेपले एसियाडमा प्याराग्लाडिङको पुरुष टिम क्रस कन्ट्री स्पर्धामा रजत जितेका टोलीलाई नगद सहित नगर परिक्रमा गराएर सम्मान गरेको हो।

उक्त स्पर्धामा कुल ५ खेलाडी सहभागी रहेका थिए। खेलाडीहरुलाई बग्गीमा राखी त्रिपुरेश्वरबाट सुन्धारा, रत्नपार्कहुँदै राष्ट्रिय सभा गृहमा पुर्‍यार्इ सम्मान गरिएको थियो। रजत विजेता टोलीलाई नगद ५ लाख सहित सम्मान गरिएको हो।

नेपालले एसियाडमा २० वर्षपछि रजत हात पारेको थियो। नेपालले यसअघि सन् १९९८ मा रजत जितेको थियो। नेपालकी सविता राजभण्डारीले तेक्वान्दोमा नेपाललार्इ रजत पदक दिलाएकी थिइन्।

इण्डाेनेसिया एसियाडकाे यस स्पर्धाबाट स्वर्ण पदक जित्नबाट नेपाल २७ अंकले पछि परेके थियाे। जापानले कुल ११ हजार ३ सय ९१ अंक जोड्दा नेपालले ११ हजार ३ सय ६४ अंक जोड्यो। क्रस कन्ट्रि इभेन्टमा नेपालका लागि विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापाले प्रतिष्पर्धा गरेका थिए। यस स्पर्धाकाे स्वर्ण भने जापानले हात पारेकाे थियाे।

 

प्रकाशित: १८ भाद्र २०७५ ११:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App