coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पैसाको पछाडि दौडने प्रहरी होइन : महानिरीक्षक खनाल

बारा- नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले पैसा कमाउने उद्देश्यले प्रहरीमा जागिर खाएकाहरु प्रहरी हुन नसक्ने बताएका छन्।

सोमबार जिल्ला प्रहरी कार्यालय बाराको नवनिर्मित भवनको कलैयामा उद्घाटन गर्ने क्रममा महानिरीक्षक खनालले पैसा कमाउने उद्देश्य बोकेका प्रहरीहरुलाई व्यापार वा व्यवसाय गर्ने सुझाव दिए।

पैसाको लागि प्रहरी सेवा बेच्ने कार्यको लागि प्रहरी नभएको र यस्तो कार्य गर्नेलाई सबैले मिलेर कारबाहीको दायरामा ल्याउनु पर्ने बताए।

समाजमा शान्ति सुरक्षाको व्यवस्था गर्ने पीडितलाई न्याय दिने कार्यको लागि प्रहरी भएको र प्रहरीको आचरण र व्यवहार जहिले पनि पीडितलाई न्याय दिने पक्षमा तत्पर हुनु पर्ने बताए। 

नागरिकको सबैभन्दा बढी विश्वास प्रहरी माथि नै हुने भएकोले प्रहरीले नै पैसामा सेवा बेच्ने कार्य गर्दा यसले समाजलाई अहित गर्ने भएकोले प्रहरी बढी जिम्मेवार बन्न जरुरी रहेको उनले बताए।

पहिला गुण्डा र अपराधीसँग भिड्ने प्रहरीलाई नै केही प्रहरीका हाकिमबाट गुण्डासँग किन भिडेको भनी गाली दिने गरेको अवस्थाको अहिले अन्त्य भएको दावी समेत खनालले गरे।

नेपाल प्रहरीलाई विश्वकै राम्रा प्रहरी संगठन जस्तै बनाउने कार्यमा आफू लागेको र यसमा सबैको सहयोगको आवश्यकता रहेको खनालले बताए।

जिल्ला प्रहरी कार्यालयमा दुई करोड ९० लाखको लागतमा निर्माण गरिएको महिला तथा पुरुष हिरासत कक्ष, अधिकृत कक्ष, गार्ड रुम र दुई करोड ९५ लाखको लागतमा निर्माण भएको व्यारेक भवनको उदघाटन गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। 

प्रकाशित: १८ भाद्र २०७५ ०९:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App