७ वैशाख २०८१ शुक्रबार
राजनीति

मोदी सम्बोधनमा संविधान स्वागत उच्चारण छैन

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाललाई निकै न्यानो स्वागत गरेको भारतले नेपालको संविधानलाई स्वागत गर्न भने अस्वीकार गरेको छ। दुई देशका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले संविधानको स्वागतबारे केही बोलेनन्।

'तपाइँको बुद्धिमानीपूर्ण (वाइज) नेतृत्वमा नेपालले संविधान कार्यान्वयन गर्न समाजका सबै तप्कासँग छलफल गर्न सफल हुनेछ। म प्रत्येक सफलताका लागि शुभकामना प्रदान गर्दछु।'

नेपाल र भारतबीच शदियौंदेखि मौलिक मित्रता भएको उल्लेख गर्दै उनले नेपालमा शान्ति, स्थिरता र आर्थिक सम्वृद्धि हेर्न चाहेको बताए।

'नेपालमा शान्ति, स्थिरता र आर्थिक सम्वृद्धि भएको हामीले हेर्न चाहेको छौं', प्रधानमन्त्री दाहाललाई इंगित गर्दै उनले भने, 'तपाइँको बुद्धिमानीपूर्ण (वाइज) नेतृत्वमा नेपालले संविधान कार्यान्वयन गर्न समाजका सबै तप्कासँग छलफल गर्न सफल हुनेछ। म प्रत्येक सफलताका लागि शुभकामना प्रदान गर्दछु।' दुवै मुलुकको सुरक्षा स्वार्थ एक अर्कासँग जोडिएको उल्लेख गर्दै मोदीले भने, 'विकास र उन्नतिको लागि हामी हाम्रा समाजहरुलाई सुरक्षित पार्नु महत्वपूर्ण छ।'

नेपालको संविधान जारी हुँदा सबैभन्दा बढी असन्तुष्ट बनेको दक्षिणी छिमेकीले अझैसम्म संविधानको स्वागत गरेको छैन।

यसअघि प्रधानमन्त्री दाहालले आज बिहान भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई नेपालको संविधान स्वागत गर्न गरेको आग्रह पनि अस्वीकार गरेकी थिइन्। मोदीसँग भेट्नुअघि प्रधानमन्त्री दाहालले गरेको यो आग्रहलाई उनले हाँसेर टारेकी थिइन्। बरु उनले मधेसी मोर्चाको माग पूरा गरेर अघि जान आग्रह गरेकी थिइन्।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा भारतले नेपालको संविधानलाई स्वागत गरेको वाक्यांश संयुक्त विज्ञप्तिमा राख्न अस्वीकार गरेको थियो। नेपालको संविधानलाई स्वीकार्न नमानेको नेपाल-भारत संयुक्त विज्ञप्तिमा ओलीले हस्ताक्षर गर्न मानेका थिएनन्।

संविधान जारी भएकोमा क्रुद्ध भारतले नेपालमाथि पाँच महिना नाकाबन्दी समेत गरेको थियो।

भिडियो

प्रकाशित: ३१ भाद्र २०७३ ०९:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App