बलात्कृत बालिकाको उपचारमा समस्या, सरकारी निकायले गुहारे एनजीओ

सोमबार, १८ भदौ २०७५, १४ : ५३ दिनेश सुवेदी

रोल्पा- भदौ ५ गते घाँस काटेर आउँदा योनिबाट रगत चुहाएर रुदै घरमा बसेकी साढे ६ वर्षिया छोरीलाई देखेर उनकी आमा झस्किइन्। के भयो भनेर सोधेको छोरी रोईरहिन मात्र। ‘महिनावारी हुने समय त भएको थिएन, केहि भयो होला जस्तो लाग्यो। राति खाना खाएर सुत्यौं। अर्को दिन पनि छोरीले ‘सु’ दुख्यो भने पछि नजिकैको स्वास्थ्य संस्थामा लगेको डाक्टरले यहाँ हुँदैन अस्पताल लैजाउ भन्नु भयो’ उनकी आमाले घटना क्रम सुनाईन।

अस्पताल लैजाने पैसा नभएपछि उनले उपचारको माया मारिन। केहि दिन पछि छोरीलाई ज्वरो आउन थाल्यो । दुख्यो भन्ने र रुने गर्न थालिन । ‘यता उति सापटी गरेर प्युठानको अस्पताल लगे। सबै जाँच गरे पछि डाक्टरले पुलिसकोमा जाउ अनि राम्रो अस्पतालमा उपचार गराउनु भन्नु भयो।’ डाक्टरले तिम्री छोरीको बलत्कार भएको छ भने पछि छाँगाबाट खसेजस्ति भएकि उनले एकछिनसम्म छोरीलाई कसले के गर्‍यो भनेर सोध्न पनि सकिनन्।

बिच बिचमा पुलिसले पक्रन्छ भन्ने छोरीले धेरै फकाए पछि गाउँकै नाता पर्ने १५ वर्षिय दाईले जबरजस्ती करणी गरेको खोलिन। ‘कसैलाई भनिस भने तलाई पुलिसले हात बाँधेर लैजान्छ। कहिल्यै घर आउन दिन्न भन्नु भाथ्यो।’ त्यसदिनको घटना सुनाईन ‘दाईले उहाँको घरमा बोलाउनु भयो अनि लुगा खोलेर........।’ उनि यो भन्दा अगाडि बढ्न सकिनन्। स्वास्थ्यकर्मीका अनुसार बलत्कार भएको १० दिन पछि प्युठान अस्पताल पुगेका बालिकाको योनिमा बाहिरै समेत ईन्फेक्सन भएको छ।

योनीमा ईन्फेक्सन भएर ज्वरोले थलिएकि छोरीलाई लिएर प्रहरीमा आएकी उनकी आमासंग खाना खाने पैसा समेत थिएन। ‘शनिवार दुई बजेतिर आमा बच्चाले बिहानदेखि केहि नखाएका। मेडम पैसा छैन बिरामि छोरीले भोक लाग्यो भनिन्छ भने पछि प्रहरीको खाना खुवाएका हौ,’ रोल्पा नगरपालिकाकी कर्मचारी सुशीला पन्थले बताईन। ‘डाक्टरले बच्चालाई उपचारको लागि रिफर गर्नु भएको रैछ । बिचरा एक रुपैयाँ पनि नाई। दुईतीन हजार उहाँले आफै ऋण खोज्नु भयो। पछि पैसा दिने सहमतिमा रेडक्रसलाई अनुरोध गरेर एम्बुलेन्समा बुटवल पठाएका हौ।’

बलात्कृत बच्चीको मामा बुटवलमा भान्जीको उपचारका लागि आर्थिक अभाब भए पछि आईतवार निबेदन बोकेर बालकल्याण समितिमा पुगेका थिए। प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने जिल्ला बालकल्याण समितिको बैठक पनि बस्यो। तर प्रकृया नयाँ भएको भन्दै उक्त समितिले सेभ द चिल्ड्रेन र स्थानीय गैर सरकारी संस्था हुरेक रोल्पासंग सहयोगका लागि अनुरोध गर्ने निर्णय मात्र गर्यो। निर्णयको मान राख्दै गैर सरकारी संस्थाले २० हजार दिएको छ।

बालकल्याण समितिको आपतकालिन कोषमा अहिले पनि करिब साढे चार लाख रुपैयाँ छ तर प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले सो रकम सहयोग गर्न सकेन। ‘अहिलेलाई सेभ द चिल्ड्रेन र हुरेक रोल्पालाई आवश्यक रकम सहयोग गरिदिनुहुन भनेका छौ। रेडक्रसलाई पनि एम्बुलेन्स निशुल्क उपलब्ध गराई दिन अनुरोध भएको छ । बालकल्याण समितिको आपतकालिन कोषलाई कसरी प्रयोग गर्ने भन्ने बारेमा माथिबाट निर्देशन आएको छैन ।’ प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसिले भने । ‘यो पैसा छदैछ कहि जादैन । हेरौ पछि केहि गर्न सकिएछ भने गरौला।’

 








यसमा तपाईको मत

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad