१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

उत्तम सञ्जेलको तीन सय रुपैयाँको आदर्श विवाह ! (भिडियो)

तस्बिर/ भिडियो : सुवास घिमिरे/रिपब्लिका

काठमाडौं– समता शिक्षा अभियानका अभियन्ता उत्तम सञ्जेलले विहे गरेका छन्। उनले समता अस्पतालमा हेल्थ असिस्टेन्टको रुपमा कार्यरत कला अधिकारीसँग सोमबार गुहेश्वरी मन्दिर परिसरमा विहे गरेका हुन्। 

उनको विहेमा १० जना जन्ती सहभागी थिए भने ३ सय रुपैयाँ मात्र खर्च भएको छ। जन्ती जानेमा चर्चित हस्तीहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, उपेन्द्र महतो, गुणराज लुईंटेल, सुवास घिमिरे, प्रतीक प्रधान, मनोज गजुरेल, सीताराम कट्टेल लगायत छन्।

विहे ५ मिनेटमा सम्पन्न भएको थियो। भोजमा एक किलो लड्डु खुवाइएको थियो, जसलाई मह जोडीले प्रायोजन गरेका थिए। 

सञ्जेलले नेपालका ७७ जिल्लासहित मित्र राष्ट्र भारत, श्रीलंका, बंगालदेशका करिब ६५ हजार गरिब बिद्यार्थीलाई सहज शिक्षा अभियान चलाई रहेका छन्। तस्बिर सबै: सुवास घिमिरे

तस्बिर/ भिडियो : सुवास घिमिरे/रिपब्लिका
तस्बिर/ भिडियो : सुवास घिमिरे/रिपब्लिका
तस्बिर/ भिडियो : सुवास घिमिरे/रिपब्लिका
तस्बिर/ भिडियो : सुवास घिमिरे/रिपब्लिका
तस्बिर/ भिडियो : सुवास घिमिरे/रिपब्लिका
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App