coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

ठमेलमा तीनतारे होटल जम्पा

काठमाडौं – काठमाडौंको ठमेलमा तीनतारे स्तरको होटल जम्पा सञ्चालनमा आएको छ। युवा पर्यटन व्यवसायीले बाह्य पर्यटकलाई लक्ष्य गर्दै उक्त होटल सञ्चालमा ल्याएका हुन्।

होटलका सञ्चालक तथा सिइओ प्रकाश लामाले पर्यटकीय क्षेत्र ठमेलमा विदेशी पर्यटकलाई लक्ष्य गरेर होटल सञ्चालनमा ल्याएको जानकारी दिए। ‘आधुनिक हस्पिटालिटी सहित प्रविधिमैत्री होटल बनाएका छौं। होटललाई अर्गानिक रुपमा सञ्चालन गर्ने हाम्रो योजना छ,’ सिइओ लामाले भने, ‘होटलमा ३८ वटा रुम छ। सबै डिलक्स छन्। परिवारका लागि छुट्टै रुम छ।’

उनका अनुसार त्यहाँ होटल म्यानेजमेन्ट अध्ययन गरेका व्यक्तिले रोजगारी पाएका छन्। होटलमा विदेशी पर्यटकका लागि छुट्टै सूचना डेक्स समेत राखिएको छ । आर्थिक कारोबारका लागि एटिमको समेत व्यवस्था गरिएको होटलले जनाएको छ।

प्रकाशित: १८ भाद्र २०७५ ०५:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App