coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नबिलको शैक्षिक कर्जा थप सहज

काठमाडौं – नबिल बैंकले शैक्षिक कर्जाको प्रक्रियालाई अझै सहज बनाएको छ। उच्च शिक्षाको लागि विदेश जान चाहने विद्यार्थीका लागि उक्त अवसर ल्याएको हो।

अब विद्यार्थीले सम्बन्धित कलेज/विश्वविद्यालयबाट भर्नाको लागि अफर–लेटर प्राप्त गर्नुअघि शैक्षिक कर्जाको लागि बैंकमा आवेदन गर्न सक्नेछन् । विद्यार्थीले प्रयासरत कलेज/विश्वविद्यालयको पाठ्यक्रम र त्यसको लागि लाग्ने अनुमानित खर्च प्रस्ट पार्ने कागजात सहित बैंकको कुनै पनि शाखामा सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ।

यो नयाँ व्यवस्थाले शैक्षिक कर्जा सेवा प्रदान गर्न अत्यन्त सहज हुने अपेक्षा गरिएको छ । यसबाट विद्यार्थीलाई एकातिर कर्जा प्रक्रियाको लागि पर्याप्त समय उपलब्ध हुने बैंकले जनाएको छ।

नबिल बैंकले ७४ शाखा, १ सय १८ एटिएम काउन्टर, १५ सयभन्दा बढी रेमिट एजेन्टबाट बैंकिङ सेवा दिइरहेको जारी विज्ञप्तिमा छ।

प्रकाशित: १८ भाद्र २०७५ ०५:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App