coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

'तीजले महिलालाई कमजोर बनाएको छ'

काठमाडौं- महिला अधिकारकर्मी तथा सांस्कृतिककर्मीहरुले तीज र ऋषिपञ्चमी चाडले पितृसत्तालाई नै जोगाइराख्ने भन्दै पर्वहरुबारे बहस हुनुपर्ने बताएका छन्। तीज सम्बन्धि धार्मिक विश्वासले महिलालाई कमजोर बनाएको उनीहरुको धारणा छ।

घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानले राजधानीमा आयोजना गरेको ‘आजको सन्दर्भमा तीज’ विषयक अन्तर्क्रियामा बोल्दै वरिष्ठ समालोचक तथा माक्र्सवादी सौन्दर्यचिन्तक निनु चापागाईंले आजको तीजले आजको पुस्तालाई उपभोक्तावादी बनाएको बताए। ‘पहिले तीजलाई सामन्तवादी संस्कृतिले निर्देशित गथ्र्यो, अहिले यसमा पुँजीवादका विकृति थपिएका छन्’, चापागाईंले भने। उनले संसारभरिक पुरुषको भन्दा महिलाको आयु बढी भएको तथ्य प्रस्तुत गर्दै महिलाले व्रत बस्दैमा पुरुषको आयु थपिने अन्धविश्वासको आलोचना गरे।

सांसद् तथा नेकपा नेतृ अञ्जना विशंखेले सरकारले महिलाका लागि ऋषिपञ्चमीमा दिँदै आएको बिदाको व्यवस्था खारेज गर्न आफूले संसद्मै कुरा उठाउने बताइन्।

महिला आयोगकी पूर्व सदस्य तथा लेखक धनकुमारी सुनारले तीजलाई महिलाहरूको अपवित्रता पखाल्ने पर्वका रूपमा मनाइनुनै गलत भएको बताइन्।

नयाँ शक्तिकी नेतृ मानुषी यमि भट्टराईले नेपालमा थुप्रै जाति, समुदाय र सभ्यताका मानिस बस्ने र सबैको परम्परामा तीज पर्व नभएको बताइन्। उनले तीज धार्मिक मात्र नभएर  सामाजिक कार्य पनि भएकोले यसबाट भाग्न नसकिने बताइन्। उनले यसमा देखिएका विकृति समाजमै पसेर बदल्न पर्नेमा जोड दिइन्।

कार्यक्रममा डा. विन्दा मैनाली, विभूती भट्टराई, बलराम तिमल्सिना, युग पाठक, केशर कालिकोटे, बन्धुविक्रम क्षेत्री, रजनी ढकाललगायतले पनि बोलेका थिए।

 

प्रकाशित: १८ भाद्र २०७५ ०५:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App