७ वैशाख २०८१ शुक्रबार
खेल

आर्सनलद्वारा कार्डिफ पराजित

लन्डन (एएफपी) – एलेक्जेन्डर लाकाजेट्ले अन्तिम समयमा गरेको गोलमा आर्सनलले आइतबार इङ्लिस प्रिमियर लिगमा कार्डिफ सिटीलाई ३–२ ले पराजित गरेको छ।

११औं मिनेटमा स्कोर्डान मुस्ताफीले गरेको गोलमा आर्सनलले अग्रता लिएको थियो।

पहिलो हाफको अन्तिम मिनेटमा भिक्टर कामारासाले  गोल गर्दा कार्डिफ खेलमा फर्किएको थियो। ६२औं मिनेटमा पिरे इमेरिक औबामेयाङले गोल गर्दै आर्सनलललाई अग्रता दिलाएका थिए। तर त्यसको ८ मिनेटपछि नै ड्यानी वार्डले गरेको गोलमा कार्डिफ पुनः खेलमा फर्किएको थियो।

तर खेल सकिन ९ मिनेट बाँकी हुँदा लाकाजेट्ले गरेको गोलमा आर्सननले जित पक्का गरेको थियो। चेल्सीका प्रशिक्षक माउरिसियो सारीले जितको लयले चौथो खेलसम्म निरन्तरता पाए पनि आफ्नो क्लबले अझै धेरै सुधारिएको प्रदर्शन गर्न आवश्यक भएको बताएका छन्।

चेल्सीले प्रिमियर लिगअन्तर्गत शनिबार सम्पन्न खेलमा बर्नामाउथलाई २–० ले हराएको हो।

एन्टोनियो कोन्टे बर्खास्तगीमा परेपछि सिजनपूर्वको अभ्यासदेखि चेल्सीको प्रशिक्षण सम्हालेका सारीले खेलाडीहरू नयाँ रणनीतिमा घुलमिल हुन समय लाग्ने भन्दै आफूबाट अहिले नै धेरै अपेक्षा नगर्न आग्रह गरेका थिए।

घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा सम्पन्न खेलमा चेल्सीको जितमा पेड्रो रोड्रिग्वेज र इडेन हाजार्डले समान एक गोल गरे । यस जितसँगै १२ अंक जोडेको चेल्सी दोस्रो स्थानमा छ । समान १२ अंक जोडेको लिभरपुल गोलअन्तरमा शीर्ष स्थानमा छ भने १० अंक जोडेको साबिक विजेता म्यानचेस्टर सिटी तेस्रो स्थानमा छ।

सारीले टोलीले पछिल्लो ४ खेलमा हात पारेको नतिजाबाट सन्तुष्ट भए पनि टोलीमा सुधार गर्नुपर्ने धेरै पक्षहरू रहेको बताए।

‘अहिले म मेरा खेलाडीसँग खुसी छु,’ सारीले भने, ‘चौथो खेलसम्म  जित यात्राले निरन्तरता पाएको छ तर टोलीले अझै सुधारिएको प्रदर्शन गर्नेमा म विश्वस्त छु।’

७२औं मिनेटमा पेड्रोले गरेको गोलमा चेल्सीले अग्रता लिएको थियो । खेल सकिन ५ मिनेट बाँकी हुँदा हाजार्डले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारेका थिए।

सारीले अहिले उपाधिको दाबेदारीका रूपमा उभिनु भन्दा पनि आगामी खेलमा कसरी राम्रो प्रदर्शन गर्नेमा केन्द्रित रहने बताए।

‘हाम्रा लागि अहिले उपाधिका बारेमा सोच्नुभन्दा पनि अर्को खेलका बारेमा केन्द्रित हुन आवश्यक छ,’ सारीले भने, ‘गत सिजनको तुलनामा क्लबले सुधारिएको प्रदर्शन गरिरहेको छ । हामी उत्कृष्ट लयले सिजनको अन्त्यसम्म निरन्तरता पाएको हेर्न चाहन्छाैं।’

प्रिमियर लिगअन्तर्गत शनिबार सम्पन्न अर्को खेलमा सिटीले न्युक्यासलाई युनाइटेडलाई २–१ ले पराजित ग-यो।

खेलको आठाैं मिनेटमा रहिम स्टर्लिङले गरेको गोलमा सिटीले अग्रता लिएको थियो । मध्यान्तर हुन १५ मिनेट बाँकी हुँदा डी आन्द्रे यडिलले गोल गर्दा न्युक्यासल खेलमा फर्किएको थियो।

५२औं मिनेटमा काइले वाल्करले गरेको गोल सिटीको जितमा पर्याप्त बन्यो।

त्यस्तै साउथह्यामटनले क्रिस्टिल प्यालेसलाई २–१ ले पराजित गर्दा एभर्टन र हडर्सफिल्डले भने १–१ को बराबरी खेले।

प्रकाशित: १८ भाद्र २०७५ ०४:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App