७ वैशाख २०८१ शुक्रबार
खेल

युरोपा लिगमा म्यानचेस्टर फेयनुर्डसँग स्तब्ध

युरोपा कप अन्तर्गत बिहिबार राती सम्पन्न खेलमा इङलिस प्रिमियर टोली म्यानचेस्टर युनाइटेड नेदरल्यान्डको फेयनुर्डसँग स्तब्ध भएको छ।

गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड फेयनुर्डसँग १—० गोल अन्तरले पराजित भएको हो। नेदरल्यान्डमा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको ७९ औ मिनेटमा फेयनुडका टानी भिल्हेनाले गोल गर्दै टोलीलाई १—० को अग्रता दिलाएका थिए । त्यसपछि खेलमा कुनै गोल भएन र भिल्हेनाको गोल निर्णायक साबित हुदाँ फेयनुडका १—० ले विजयी भयो।

एक हप्ताको अन्तरालमा म्यानचेस्ट युनाइटेड पराजित भएको यो दोस्रो पटक हो। गत शनिबार सम्पन्न म्यानचेस्ट डर्बिमा युनाइटेड म्यानचेस्टर सिटीसँग २—१ गोल अन्तरले पराजित भएको थियो।

युरापा लिग अन्तर्गत गएराति सम्पन्न अर्को खेलमा साउथह्यामटनले चेक गणतन्त्रको स्र्पोटा प्रागलाई ३—० ले पराजित गर्यो। उसको जितमा चार्ली अष्टिनले दुई तथा रोड्रिग्युजले एक गोल गरेका थिए।

युरोपमा खेलीने प्रितियोगिता मध्य युरापा लिगलाई दोस्रो ठूलो प्रतियोगिता मानिन्छ।

 

 

प्रकाशित: ३१ भाद्र २०७३ ०८:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App