८ वैशाख २०८१ शनिबार
राजनीति

कञ्चनपुर बलात्कार घटनाको अपराधीलाई सरकारले लुकायो : देउवा

चितवन – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कारका घटनामा संलग्न अपराधीलाई कानुनको दायरामा ल्याएर कारबाही गर्न सरकार चुकेको बताएका छन्। कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको घटनामा संलग्न अपराधी कुनै पनि हालतमा उम्किनु नहुने उनले बताए ।

सोमबार भरतपुरमा गरिएको पत्रकार सम्मेलनमा सभापति देउवाले अपराधपूर्ण घटनामा लामो समय हुँदा पनि अझै तथ्य आउन नसक्नु आफैमा शंकास्पद रहेको देउवाले बताए। ‘बच्ची माथि बलात्कार र हत्या भयो, त्यो भन्दा जघन्य अपराध के हुन्छ?’ प्रश्न गर्दै उनले भने, ‘अपराधी माथि अझै पनि कारबाही भइसकेको छैन, लुकाउने प्रयास भइरहेको छ।’

अपराधमा गरिनुपर्ने अनुसन्धान नगरी अपराधीलाई लुकाउने कार्यको निन्दा गर्दै उनले अपराधीलाई कडा भन्दा कडा कारबाही गरिनुपर्ने बताए।

देशभरका स्थानिय तहमा जनताले थेग्न नसक्ने गरी अचाक्ली रुपमा कर बढेकाले त्यसलाई घटाउनुपर्ने देउवाको धारणा छ। नेपालमा हालै सम्पन्न भएको बिमस्टेक सम्मेलनले सार्कमो महत्व नघटाएको समेत उनले बताए। विमस्टेकमा सहभागी थाइल्याण्ड र वर्मा पनि महत्वपूर्ण देश भएकाले सार्क र विमिस्टेकको महत्वलाई छुट्टा छुट्टै हेरिनुपर्ने उनले बताए।

प्रकाशित: १८ भाद्र २०७५ ०३:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App