८ वैशाख २०८१ शनिबार
समाज

मनमैजुमा पहिरो जाँदा दुई घरमा क्षति, दुई घाइते (फोटो फिचर)

काठमाडौं– काठमाडौंको तारकेश्वर नगरपालिका ९ मनमैजुमा गएराति पहिरो जाँदा दुई घरमा क्षति पुगेको छ। इश्वरी प्रसाद खतिवडा र जानकी घलानको पक्की घरभित्र राति १ बजे पहिरो पसेको थियो।

खतिवडाको घरमा डेरा गरी बस्ने १० वर्षका दिनेश मोक्तान र १२ वर्षकी मनिसा मोक्तान घाइते भएकाे प्रहरीले जनाएकाे छ। पहिरोले च्यापिएको अवस्थामा उनीहरूलाई स्थानीयले उद्दार गरेका थिए। उनीहरूको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। विहान स्थानीय र प्रहरीले पहिरो पन्छाएका छन्।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App