coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

असोज १५ भित्र कांग्रेसले संशोधन मस्यौदा तयार गर्ने

काठमाडौं – नेपाली कांग्रेसले असोज १५ गतेभित्र नयाँ संविधानको व्यवस्थाअनुसार पार्टी विधान संशोधनका लागि मस्यौदा तयार पार्ने जनाएको छ। पार्टी विधान संशोधनका लागि गठित मस्यौदा समितिले आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै तहगतरूपमा छलफलसहितको एकीकृत मस्यौदा असोज १५भित्र केन्द्रीय समितिमा पेस गर्ने जनाएको हो।

विधान संशोधन क्षेत्रहरू समितिले र्निधारण गरीसकेको जानकारी दिँदै पार्टी केन्द्रीय सदस्य एवं समितिका प्रवक्ता रमेश लेखकले भने, ‘मस्यौदा निर्माण छिटो सम्पन्न गर्न तीन उपसमिति गठन भएका छन्।’

मस्यौदा समितिले फरमुल्लाह मंसुर संयोजक रहेको नयाँ संविधानले गरेको व्यवस्थालाई संशोधनका आधार बनाएको छ। त्यस्तै, संविधानको व्यवस्थाअनुसार थपिएका जिल्ला, प्रदेश, क्षेत्र, प्रदेश क्षेत्र, स्थानीय तहको तहगत संरचनालाई कांग्रेसले आफ्नो विधानमा समेट्ने छ। समानुपातिक र समावेसी सिद्धान्तलाई संशेधनमा समावेश गर्ने छ।

त्यस्तै, राजनीतिक दल, निर्वाचनसम्बन्धी ऐन, कानुनअनुसार पार्टी विधान संशोधन गरीने जानकारी दिंदै लेखकले वडा, स्थानीय तह, प्रदेश क्षेत्र, क्षेत्र, जिल्ला, प्रदेश समिति, केन्द्रीय समिति, महाधिवेशन र महासमिति जस्ता संरचनाहरु रहने बताए। ‘केन्द्रीय समितिदेखि तलसम्मको समितिको आकार कत्रो हुने, पदाधिकारी संख्या कति हुने, निर्वाचित र मनोनितको संख्या टुंगो लाग्नेछ,’ लेखकले भने, ‘कार्य विभाजन समितिले नै काम कर्तव्य र अधिकार पनि टुंगो लगाउने छ।’

उपसमितिले तयार गरेको प्रस्तावलाई भदौ २९भित्र एकीकृत प्रस्ताव तयार गर्ने असोज पहिलो साताभित्र सातै प्रदेशमा छलफल राखेर सुझाव संकलन गर्ने र अर्को एक सातामा संशोधनका लागि मस्यौदा समिति तयार गरेर केन्द्रीय समितिमा पेस गर्ने लेखकले जानकारी दिए।

नयाँ संविधान अनुसार पार्टीको सांगठनीक संरचना परिर्वतन गर्न कांग्रेसले महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा १३ सदसीय विधान मस्यौदा समिति गठन गरेको छ।          

प्रकाशित: १८ भाद्र २०७५ ०१:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App