८ वैशाख २०८१ शनिबार
राजनीति

संसद्‍मा आज मन्त्रीसँग प्रश्नाेत्तर

काठमाडौं - प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले मन्त्रीसँग सीधा प्रश्न सोध्ने कार्यक्रम राखिएको छ। संसदको नियमावलीमा व्यवस्था भएबमोजिम संसद् बैठक सुरु भएपछि एकघन्टा मन्त्रीसँग प्रश्नोत्तर गर्ने कार्यक्रम छ।

सोमबारको संसद् बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसँग प्रश्नोत्तर गर्ने कार्यक्रम छ। मन्त्रीले जवाफ दिएपछि सांसद्ले पुरक प्रश्न सोध्नेछन्। एकदिनमा मौखिक २० वटा र लिखित ५० वटा प्रश्न सोध्न सकिने नियमावलीमा व्यवस्था छ। प्रतिनिधिसभामा २०४८ देखि २०५९ सम्म प्रश्नोत्तरको कार्यक्रम रहेको थियो। ‘एउटा अधिवेशनमा छ हजारसम्म प्रश्न सोधिने गरिन्थ्यो,’ संसद् सचिवालयका एक अधिकारीले भने। पुनस्र्थापित संसद्देखि संविधानसभासम्ममा प्रश्नोत्तर प्रयोगमा आएको थिएन।

पुरक प्रश्नको उत्तर मन्त्रीले दिइसकेपछि संसद्को बैठक कार्यसूचीमा प्रवेश गर्नेछ। संसद्को सोमबारको बैठकमा ५ वटा विधकेमाथि सैद्धान्तिक छलफल हुनेछ भने दुई विधेयक समितिमा पठाइनेछ।

सोमबार ११ बजे बोलाइएको बैठकमा अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयक २०७५ माथि र रोजगारीको हक सम्बन्धि विधेयक २०७५, जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) पहिलो संशोधन विधेयक २०७५, सामाजिक सुरक्षा विधेयक २०७५, भूमिसम्बन्धी सातौं संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल हुनेछ। वैयक्तिक गोपनीयतासम्बन्धी विधेयक र खाद्य अधिकारसम्बन्धी विधेयक भने समितिमा पठाइनेछ।

प्रकाशित: १८ भाद्र २०७५ ०१:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App