चिकित्सकको आन्दोलन सुरु

मुलुकी ऐन संशोधन नगरे डाक्टर र विरामी दुवैलाई जोखिम (भिडियो)

आइतबार, १७ भदौ २०७५, १९ : ४३ नागरिक

काठमाडौं– चिकित्सकहरुले भर्खरै कार्यान्वयनमा आएको मुलुकी ऐन संशोधन नभए स्वास्थ्यकर्मीमात्र नभई विरामी पनि समस्या पर्ने चेतावनी दिएका छन्। पछिल्लो कानुनले कुनै छानविन विना नै डाक्टर जेल जानुपर्ने र यसले विरामीको ज्यान खतरामा पर्ने उनीहरुको चेतावनी छ। 

ऐन संशोधनको माग गर्दै आइतवारदेखि आन्दोलनमा उत्रिएका चिकित्सकहरुले ऐन नसच्याएमा आफूहरु र विरामी दुवै पक्ष अप्ठ्यारोमा पर्ने बताए। 

चिकित्सा स्वास्थ्य शिक्षा सुधारका लागि लड्दै आएका सामाजिक अभियन्ता प्रा.डा. गोविन्द केसीले चिकित्सक र स्वास्थ्यकर्मीहरु जवाफदेही हुनुपर्छ भनेर कसैले सिकाउन नपर्ने तर्क गरे। ‘अहिले आएको कानुन यथार्थको धरातलमा टेकेर होइन, यतिकै थोपार्न खोजेको छ, यसले चिकित्सक, स्वास्थ्यकर्मीलाई मात्र होइन विरामीलाई नै वाधा पुग्नेछ, दुःख पाउँछन्’, डा केसीले नागरिकन्यूजसँग भने। 

उनले पछिल्लो कानुन फिर्ता लिनुको विकल्प नभएको धारणा राख्दै भने, ‘गाउँका हेल्थपोस्टदेखि लिएर काठमाडौंका ठूला अस्पतालसम्म विरामीको ज्यान खतरामा पर्छ, विरामी अपाङ्ग हुने सम्भावना हुन्छ, त्यसकारण यो कानुन फिर्ता लिनुपर्छ।’

उनले डाक्टरको मानवीय त्रुटिका कारण गम्भीर समस्या आएमा छानविन गरेर सत्य तथ्य पत्ता लगाउने कानुनी प्रावधान विकास गर्नपर्नेमा जोड दिए।

‘यो कानुन रह्यो भने डाक्टरले जोखिम लिन चाहँदैन। जोखिम लिएर ज्यान बचाउने, अंग बचाउने काम उसले गर्न चाँहदैन, किनभने ५ वर्ष जेल लेखिदिएको छ’, उनले भने, ‘विरामीले आफ्नो उपचार मन नपरेदेखि वदनियतपूर्ण र लापरवाही हो भनेर मुद्दा हाल्ने प्रावधान छ। तर, लापरवाही गरेको हो भन्ने सत्य तथ्य पत्ता लगाउन न त कानुनी तर्जुमा छ, न त निकायको नै व्यवस्था छ। अनि कसरी जोखिम लिन सक्छौं? यसले विरामीलाई नै अप्ठेरो पर्छ।’ 

गुणस्तरीय स्वास्थ्य शिक्षा, अस्पताल, मेडिकल कलेजको देशभर न्यायोचित वितरणका लागि आफूहरु गाउँको हेल्थ पोस्टदेखि लडिरहेको भन्दै चिकित्सकको माग सम्बोधन गर्न उनले सरकारको ध्यानाकर्षण गराए।






यसमा तपाईको मत

अन्य समाचार

मेगा बैंक दशौं वर्षमा प्रवेश

मेगा बैंक दशौं वर्षमा प्रवेश

मेगा बैंकले स्थापनाको नवौं वर्ष पूरा गरि दशौं वर्षमा प्रवेश गरेको अवसरमा मंगलबार काठमाडौंको कमलादीस्थित केन्द्रिय कार्यालयमा आयोजित वार्षिकोत्सव कार्यक्रममा...

के हो हाइव्रिड कार ?

के हो हाइव्रिड कार ?

हाइव्रिड कार त्यस्तो कार हो जसमा इलेक्ट्रिक मोटर तथा पेट्रोल वा डिजेलले सञ्चालित हुने इन्जिन जडान गरिएको हुन्छ। यस्ता कारहरुमा...

माछापुच्छ्रे बैंकको ऋणपत्र २०८५

माछापुच्छ्रे बैंकको ऋणपत्र २०८५

माछापुच्छ्रे बैंक लिमिटेडको रु.एक हजार अङ्कित दरका तीस लाख कित्ता ऋणपत्र यहि मिति २०७६/०४/०६ गते सोमबार देखि जारी गरेको छ...

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

फेसबुकको नयाँ डिजाइनको तस्विरहरू ...

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबी बैंकले ‘हामी देख्छौ अपार संभावना’ को अवधारणा सहित नयाँ कर्पोरेट अभियान आरम्भ गरेको छ । ...

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

‘एभरेस्ट ह्याक’ नाम दिइएको प्रविधि केन्द्रित ह्याकिङ एक्स्पो सर्वसाधारणलाई अवलोकनका लागि सार्वजनिक गरिएको छ। ...

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजन लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७५/०७६ मा प्रथम बिमा शुल्क एक अर्ब रुपैयाँ नाघेको छ । ...

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

होक्काइदो नेपाल बिजनेस ग्रुप प्रालिले काठमाडौंमा जापानी खानाको परिकार पस्किने ‘होक्काइदो रामेन रेस्टुरेन्ट’ सुरु गरेको छ। ...

Ncell Footer Ad