८ वैशाख २०८१ शनिबार
अर्थ

अर्थमन्त्रीले भने– ‘कर तिरेर सभ्य नागरिक बन्नुस्’

सर्लाही– संघीय सरकारका अर्थमन्त्री युवराज खतिवडाले राज्यले तोकेअनुसार कर तिरेर सभ्य नागरिक बन्न आग्रह गरेका छन्। 

आइतबार सदरमुकाम मलंगवास्थित आन्तरिक राजश्व कार्यालय जनकपुर अन्तर्गतको करदाता सेवा केन्द्रको उद्घाटन गर्दै मन्त्री खतिवडाले राज्यले तोके अनुसार कर तिरेर सभ्य नागरिक बन्न आग्रह गरेका हुन्। ‘असल व्यवसायी बन्दै राज्यले तोके अनुसार कर तिर्नोस्’, मन्त्री खतिवडाले भने, ‘राज्यले उचित सम्मान गर्नेछ।’ पछिल्लो समय अवैध व्यापार एवं नक्कली स्टिकर प्रकरण बढेको उल्लेख गर्दै मन्त्री खतिवडाले कानूनी राज्यको बर्खिलापमा जानेलाई क्षम्य नहुने चेतावनी दिए।

राजश्व अनुसन्धानको विगतको शैलीमा केही कमजोरी भएको उल्लेख गर्दै उनले त्यस्ता गल्ती सुधार गरेर अगाडि बढ्ने काम भइरहेको बताए। कर प्रशासकलाई समेत निगरानी होस भनेर राजस्व अनुसन्धानलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत राखिएको मन्त्री खतिवडाले प्रष्ट पारे।

उद्घाटन कार्यक्रम सकिएलगतै पत्रकारको प्रश्नमा मन्त्री खतिवडाले जीर्ण सडकको विषयमा बुझौला भन्ने जवाफ दिएर पन्छिए। एक दशकदेखि जीर्ण नवलपुर–मलंगवा सडकखण्ड कालोपत्रे हुन नसकेको विषयमा पत्रकारले प्रश्न गर्दा कर तिर्दै सभ्य नागरिक बन्न आग्रह गरेका खतिवडाले बुझौंला भन्ने झिनो उत्तर दिँदै पन्छिए। उनले अवैध रुपमा चल्ने भारतीय सवारी साधन नियमनका लागि समेत कडाई गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए।

प्रकाशित: १७ भाद्र २०७५ १२:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App