साहित्य – कथा

विद्रोह गर्न सकिनँ

आइतबार, १७ भदौ २०७५, १७ : ३८ शोभा ज्ञवाली  | @GyawaliShova

साउन महिना छ। केही दिनदेखि झमझम झरी परिरहेको छ। यस्तो लाग्छ, रुखविरुवाका सबै फोहोर उसले नुहाएर चिटिक्क पारिदिएको छ झरीले। त्यसैले पनि रुखपातको हरियाली गाढा देखिएको छ। बारी, बगैँचा, डाँडाकाँडा सबै–सबै दृश्य रमणीय देखिरहेकी छु। यसले मलाई रोमाञ्चित बनाइरहेको छ, मन त्यसै–त्यसै रमाइरहेको छ। जसरी जङ्गलमा मयूर नाचिरहेको हुन्छ, प्रकृतिले पनि यो याममा मानिसलाई सबै दुःख बिर्सिएर आफ्नो सारा पखेटा फैलाएर रमाउन प्रेरित गरिरहेकोजस्तो महसुस भइरहेको छ।

यही महिनादेखि हाम्रा चाडपर्व सुरु हुन्छन्। हरिया, राता, पहेँला रङका लुगा लगाएर मानिसहरु रमिरहेका हुन्छन्। हाम्रा चेलीबेटी, आमा, दिदीबहिनीहरु आफ्नो घरमा शान्ति छाओस्, आफ्नो परिवारमा कहिल्यै विपत्ति र दुःख नपरोस्, सधैँ खुसियाली छाइरहोस् भन्ने कामनाका साथ व्रत बस्छन्, भगवान् पुज्छन्, पूजाआजा गर्छन्। यो महिना भगवान् शिव र पार्वतीको पनि समय हो। देवी पार्वतीको प्रेमको उच्चतम उत्कर्ष सम्झाउने याम पनि हो।  

मेरालागि पूरै गृहिणी बन्नुपर्ने, आफ्नो करियर वृद्धिको काम रोक्नुपर्ने, श्रीमान्ले बोल्दा श्रीमतीले दुई शब्द पनि नबोल्ने, श्रीमान्ले जे बोले पनि त्यो सधैँ ठीक हो भनी स्वीकार्ने आदि शर्तहरु ममाथि लादिएका थिए । म यस किसिमको शर्त सुनेर छानाबाट खसेजस्तै भएकी थिएँ ।

त्यसैले बाहिर झरी नमज्जाले रुझिरहे पनि म आज रोमाञ्चित भइरहेकी छु। झरीले सारा धुलोमैलो पखालेजस्तै भित्रबाट मलाई सबै क्लेश पखालेको महसुस भइरहेको छ।
०००
केही दिनदेखि मलाई मेरी सखीको प्रतीक्षा छ । उसले सुनाएकी थिई, ‘सखी, म तिमीलाई सरप्राइज दिनु छ, म तिम्रै घरमा आउँछु ।’
ऊ आउने समय अधैर्यका साथ कफीको चुस्की लिँदै कुरिरहेकी छु ।
०००
मेरी प्रिय सखी सिर्जनासँग पाँच वर्षपछि भेट्दैछु । ओहो ! समय पनि कति चाँडो बितिसकेछन् ! ऊसँग १० वर्षअघि मेरो भेट भएको थियो र हामी कति चाँडै साथी भएका थियौँ।

बाहिर जसरी घनघोर वर्षा भइरहेको छ, यस्तो लाग्छ– झरी र हावा यतिबेला एकअर्कासँग भेट्न उन्मत्त छन् । म भने मेरी सखीलाई भेट्न आतुर छु । सखीको प्रतीक्षा गर्दागर्दै म ऊसँगका तीन दिन सम्झिरहेकी छु, जुन बेला म परिवार र करियर दुवै विधामा कसरी अब्बल हुने भन्ने दौडमा थिएँ । बानी हो, छुट्दो रहेनछ । मलाई सबै कुरामा अब्बल नै चाहिने।

म कहीँकतै अनुत्तीर्ण भइनँ । स्कुल, कलेज, व्यवसाय सधैँ सबै कुरामा म आफूले तय गरेको सीमारेखासम्म सधैँ पुगिरहेँ । यस्तो सफलता कमैको पोल्टामा पर्दो हो ! महङ्खवाकांक्षाले सफलता र सफलताले नयाँ–नयाँ बाटो देखाइरहेको थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा सेमिनारमा भाग लिन र देशको प्रतिनिधित्व गर्न गइरहन्थेँ।

यी सबै सफलतामा मलाई रमणको पनि उत्तिकै साथ थियो । रमणको साथ पाएपछि मलाई अरु के चाहियो र ! मेरो महत्वकांक्षाको उडानका पछाडि रमण नै त थिए ! उनको पनि भनाइ हुन्थ्यो, सन्तुलन मिलाउन सक्यौ भने तिमी अझै माथि पुग्न सक्छौ तर परिवार र महत्वाकांक्षाको सन्तुलन मिलाउन सबैलाई सजिलो हुँदैन।

म उनको कुराले प्रभावित थिएँ । क्रमशः म सफलताको उकालो चढ्दै थिएँ । समाज र देशमा एउटा पहिचान बनाउँदै थिएँ । छोराछोरी जब टेलिभिजनमा मलाई देख्थे, अखबारमा पढ्थे, उनीहरु पनि खुसी हुन्थे र भन्थे, ‘मलाई तपाईंको त्यो भाषण मन पर्यो। तपाईंको व्यक्तित्व उच्च झल्किएको थियो।’

बैठकमा अनेकौँ प्रस्तावहरु गरिँदै थियो तर मेरो मनमा भने अनेकौ भावना उठिरहेको थियो– के यो समाजमा नारीको अस्तित्व छैन ? के ऊ खाली घरगृहस्थीका लागि मात्र हो ? उसको विवेक छैन ? यो ठीक र यो बेठिक हो भन्न नपाउने ? उसको अस्तित्व र सफलता पुरुषको भन्दा कम हुञ्जेलसम्म ठीक अनि अलिकति माथि उठ्नेबित्तिकै बेठीक ? किन यस्तो असमान सोच ? किन यस्तो असुहाउँदिलो व्यवहार ?

जब कुनै कार्यक्रममा पुगेर आउँथेँ, रमण र छोराछोरी झुम्मिएर त्यो दिनको कुरा सुनाउन आग्रह गर्थे । म उनीहरुलाई ती सबै कुरा सुनाउँथेँ, जुन उनीहरुका लागि चासोको हुन्थ्यो।
पत्रकार सोध्थे, ‘तपाईंले परिवार र व्यवसायलाई कसरी सन्तुलित रुपमा लग्नु भएको ? कसरी सम्भव छ यस्तो ?’
‘परिवारको साथ पाएपछि असम्भव भन्ने चिज नै कहाँ छ र ?’ म जवाफ दिन्थेँ।

कतै जानु पर्यो, केही गर्नुपर्यो, केही सोध्नुपर्यो भने मलाई नै खोज्थे– चाहे त्यो परिवारले होस् या कार्यालयका सहयोगीले ।

म एउटा मुग्धतामा जीवन बिताइरहेकी थिएँ । मलाई लागिरहेको थियो– मैले आफ्नोतर्फबाट कार्यालय र परिवारका लागि सबै–सबै काम राम्रै गरिरहेकी छु भन्ने लाग्थ्यो । म प्रायः मेरो सफलताको श्रेय रमणलाई दिन्थेँ।

सफलताको एउटा तहमा पुगिसकेपछि भने मलाई रमणको व्यवहारमा केही चिसोपन महसुस हुन थाल्यो । म आफैँमा रमाउने, काममा रमाउने, अरुको खुसीमा आफ्नो खुसी देख्ने भएकीले यसलाई गहिरिएर महसुस भने गरेकी थिइनँ । पछि बिस्तारै मेरो करियरमा रोकावट हुन थाल्यो । छोराछोरीलाई समय दिन नसकेको, उनीहरुको पढाइ बिग्रिरहेको, उनीहरुको कतिपय व्यवहार ठीक नभएको भन्दै रमणको गुनासो सुन्न थालेँ।

हुन पनि मानिसले सारा संसार जितेर के गर्नु ? घरमै हार्न थाल्यो भने उसको के नै पो बाँकी रहन्छ र ! त्यसैले मैले मेरो बाहिरी व्यस्तता कम गर्न थालेँ । साँझका कार्यक्रममा जान बन्द गरेँ । नगई नहुने मात्र प्राथमिकतामा पारेँ । यसपछि भने साथीभाइसँगको सङ्गत कम हुन थालेपछि उनीहरु अचम्ममा पर्न थाले र सोध्न पनि थाले– किन यसरी कार्यक्रममा आउन छोडेको ?

सबै महिलाको उही रेडिमेड उत्तर हुन्थ्यो, ‘घर व्यवस्थापन, केटाकेटीको पढाइ, उनीहरुको रेखदेख ।’

मन मिल्ने साथी सिर्जनाले त ‘तिमीलाई पक्कै केही भा’छ तर तिमीले सुनाइरहेकी छैनौ’ भन्न थालिन् । त्यो दिन मेरो मस्तिष्क रन्थनिइरहेको थियो किनभने बिहान मात्र घरका सबै सदस्यहरु भेला भएर औँला ममाथि ठड्याइएका थिए ।
मेरालागि पूरै गृहिणी बन्नुपर्ने, आफ्नो करियर वृद्धिको काम रोक्नुपर्ने, श्रीमान्ले बोल्दा श्रीमतीले दुई शब्द पनि नबोल्ने, श्रीमान्ले जे बोले पनि त्यो सधैँ ठीक हो भनी स्वीकार्ने आदि शर्तहरु ममाथि लादिएका थिए । म यस किसिमको शर्त सुनेर छानाबाट खसेजस्तै भएकी थिएँ ।

सिर्जनासँग मैले यी कुरा सेयर गरेँ । उनले भनिन्, ‘तिमी किन विद्रोह गर्दिनौ ? यो ठाउँमा आइपुगिसकेपछि अब तिम्रो हातमा सफलता नै सफलता छ । त्यसैले एक पटक आँट गर विद्रोह गर्न ।’

उनले आफ्नो कथा पनि सुनाइन् । उनी पनि त यही समाजकी नारी हुन् ! उनले भन्दै थिइन्, ‘तिमीलाई थाहा छँदैछ, मैले तिमीलाई हेरेर धेरै कुरा सिकेँ, जानेँ । मलाई पनि यस्तै समस्या आएको थियो । मैले परिवारमा विद्रोह गरेँ ।’

मलाई सिर्जनाको कुरा थाहा थियो । कसरी उनी संकुचित परिवारलाई नै त्यागेर एक्लै सङ्घर्ष गरिरहेकी छन् ।

त्यसैले त्यस साँझको हाम्रो जरुरी बैठक मेरो अन्तिम बैठक हुँदै थियो । मेरो अनुहारको रङ पूरै उडेको थियो । बैठकमा अनेकौँ प्रस्तावहरु गरिँदै थियो तर मेरो मनमा भने अनेकौ भावना उठिरहेको थियो– के यो समाजमा नारीको अस्तित्व छैन ? के ऊ खाली घरगृहस्थीका लागि मात्र हो ? उसको विवेक छैन ? यो ठीक र यो बेठिक हो भन्न नपाउने ? उसको अस्तित्व र सफलता पुरुषको भन्दा कम हुञ्जेलसम्म ठीक अनि अलिकति माथि उठ्नेबित्तिकै बेठीक ? किन यस्तो असमान सोच ? किन यस्तो असुहाउँदिलो व्यवहार ?

मनमा अर्को ज्वार नउठेको पनि होइन, के म विद्रोह गर्न सक्तिनँ ?

बैठकबाट म अबेर आएँ र रातभर सोचिरहेँ– किन महिलालाई माथि उठ्न नदिइएको होला ? किन यस्तो कुण्ठित भाव पुरुषमा  ? आखिर जतिसुकै उदार मन भएको पुरुष भए पनि एउटा पुरुषभन्दा बढी कुनै महिलाले प्रगति गरी भने पुरुषको आत्मसम्मानमा चोट पर्दोरहेछ । रमणले पनि त सुरुमा सहयोग नगरेका होइनन् तर जब उनको भन्दा मेरो ख्याति बढ्न थाल्यो, जतिसुकै खुला मन पनि संकुचित भएरै छाड्यो । रातभर यही कुरा सोचेर आँखाबाट आँशु बगिरहे । तकिया लपक्क सबै भिजिरह्यो।

मैले छोराछोरी सम्झेँ, आमाले अन्माउँदा दिएको अर्ती सम्झेँ, अगाडि बढ्न नसकेको समाज सम्झेँ। मेरा अघिल्तिर दुई विकल्प थिए । कि त मैले मेरा सन्तान र मलाई माया गर्ने रमणलाई छनोट गर्नुपथ्र्यो कि मैले आफ्नो करियर छनोट गर्नुपर्थ्यो।

मैले रमण र छोराछोरी त्याग्न सकिनँ, विद्रोह गर्न सकिनँ । बरु मेरा सारा सफलता, मिहिनेत साथ बनाएको करियर, मेरा सारा साथीसङ्गी मैले सबै त्यागेँ । म एउटी गृहिणी रहन नै तयार भएँ । मैले जीवनमा अझै धेरै काम गर्न सक्थेँ तर आफैँले आफैँलाई सीमामा बाँधेँ ।
०००

यत्तिकैमा तल सिर्जना आएको जानकारी मैले पाएँ । म यत्तिका वर्षपछि मेरी संगीलाई भेट्दै थिएँ । दौडदै गएँ र उनलाई बैठक कोठामा बसालेँ । सिर्जनाले हातमा ठूलो सिल्ड लिएर आएकी थिइन् । मैले उसलाई सोधेँ, ‘के को शिल्ड हो यो ?’
सिर्जनाले मलाई अँगालो हालिन् र भनिन्, ‘गुरुको पदचिह्नमा म हिँडेर आज मैले यो वर्षको उत्कृष्ट अन्तर्राष्ट्रिय महिलाको प्रतिष्ठा पाएँ । यो त्यही अवार्ड हो ।’

‘तिमीले त हामीलाई बिर्सियौ,’ सिर्जनाले भनिन्, ‘तर हामीले बिर्सिएका छैनौँ । तिमीसँग काम गर्दा, तिम्रै आदर्शलाई पछ्याउँदै हिँड्दा आज मैले यो सम्मान पाएँ, साथी । तिमीले जुन सपना देखेकी थियौ, हरेक महिला स्वावलम्बी हुनुपर्छ भन्ने त्यो वास्तवमै मेरो जीवनमा प्रमाणित भयो । हरेक महिलाले चाहे भने त्यो लक्ष्य र उद्देश्य पाउन सक्ने रहेछन् । त्यो सपना तिमीले देखेकी थियौ, तपस्या तिमीले गरेकी थियौ, त्यसको फल मैले पाएँ ।’

मेरो आँखामा आँशु छचल्कियो । सिर्जनाले मलाई ग्वाम्म अँगालो हालिन् र भनिन्, ‘तिम्रै पाइला पछ्याउँदै आज म यहाँसम्म आइपुगेँ । म त्यो बेलाको तिम्रो जोश–जाँगरलाई नमन गर्न आएकी हुँ ।’

मैले सिर्जनाले नदेख्ने गरी आफ्नो आँशु पुछेँ । यस्तो लाग्यो– कोही त छ, जसले मेरो भावना पछ्यायो र मैले देखेको सपना पूरा गर्यो!

यसपछि हामीले अबेरसम्म गफगाफ गर्यौं। सिर्जनाले जाने बेलामा भनिन्, ‘साथी, मैले तिम्रो समस्या थाहा पाएकी छु । र, मैले तिमीलाई किन गुरु भनेँ थाहा छ ? गुरु मैनजस्तै आफू बलेर अरुलाई उज्यालो दिन्छ । तिमीले त्यो उज्यालो आफू सकिएर दिएकी छौ । धेरैजसो मानिसहरु आफूमात्रै सफल हुन्छन् तर असल मानिस आफूसँगै अरुलाई पनि सफल बनाउँछन् । तिमी त्यो विरलै गुण भएकी साथी हौ । त्यसैले यो खुसी तिमीलाई नै बाँड्न सिधै आएकी हुँ।’

यस्तो सम्मान ! यति माया ! मैले आफूलाई रोक्नै सकिनँ । सिर्जना बिदाबारी भएर गइन् तर केही वर्ष यता आफूले विद्रोह गर्न नसकेको मुटुको गाँठाहरु मज्जाले खोलिने गरी खुसीमा म रोएँ । साथीले पाएको अन्तर्राष्ट्रिय सम्मानको खुसी र आफ्नो मुटुमा बाँधिएका गाँठाहरु खुल्ने गरी मेरा आँशुले मलाई सुम्सुम्याइरहे । मान्छे त्यो बेला बढी भावुक हुँदोरहेछ, जुन कुरामा उसले अनपेक्षित जश पाउँछ । बाहिर पानी परिरहेको थियो, मेरो मनभित्र खुशीको अाँशु बगिरहेको थियो... सबैसबै क्लेश बगाउने गरी, सबैसबै कुण्ठा रित्याउने गरी। aakriti72@gmail.com







यसमा तपाईको मत


अन्य समाचार

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

तपाईंले कुन प्रायोजनका लागि कम्प्युटर खरिद गर्दै हुनुहुन्छ, सो कुराले नै तपाईंलाई कति जीबी र्याम चाहिन्छ भन्ने कुरा निर्धारण गर्छ...

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

रिभ्युका लागि पठाईएको ग्यालेक्सी स्मार्टफोन १ दिन कै प्रयोगमा बिग्रिएको छ ...

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

यस अपडेटमा माइक्रोसफ्टले थुप्रै नयाँ र आकर्षक फिचरहरु थपेको छ ...

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरको डार्क मोडलाई सेटिंगबाटै सोझै सुचारु गर्न मिल्ने ...

PUBG ( पब्जी ) खेलको विकल्पहरू

PUBG ( पब्जी ) खेलको विकल्पहरू

एन्ड्रोइड र आइफोनमा उपलब्ध पब्जी खेलका विकल्पहरू ...

सामसंग जे सिरिजको अन्त्य

सामसंग जे सिरिजको अन्त्य

उक्त जे सिरिजको स्थानमा सामसँगका मिडरेज स्मार्टफोनहरू ए सिरिज भएर रिलिज हुनेछन् । ...

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

माइक्रोसफ्टको मोबाइल अपरेटिंग सिस्टम विन्डोज फोनका लागि विश्व कै सबैभन्दा प्रचलित सामाजिक संजालहरू नचल्ने भएको छ । ...

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गर्दा ख्याल गर्नु पर्ने कुराहरू ...

Ncell Footer Ad