समाज

हाम्रो संस्कार, हाम्रो मान्यता

आइतबार, १७ भदौ २०७५, १६ : २० शोभा ज्ञवाली  | @GyawaliShova

परिवारको यो पातोमा करिब डेढ वर्षदेखि हाम्रो समाज भएका राम्रा– नराम्रा अनि सुधार्नु पर्ने वा खुसी मनाउनुपर्ने साना–साना सामाजिक इस्युबारे मैले लेख्दै आइरहेकी छु । यी विषय ठूला हुँदैनन् । कसैले त्यसमा प्रायः कसैले ध्यान दिएका हुँदैनन् । दिइनुपर्ने कुरा त हो तर दिइँदैन । यसले समाजमा निकै असर पारिरहेको हुन्छ तर हामी त्यसलाई नदेखेझैँ गरिरहेका हुन्छौँ । त्यसमा अलिकति परिवार तथा समाजले ध्यान पुर्याएको खण्डमा केही हदसम्म भए पनि राम्रो हुन्थ्यो भन्ने मेरो आशा हो ।

गत हप्ताको कुरा हो । एक जना चिनेका व्यक्तिको निधन भएको थियो र त्यहाँ म शोक सन्तप्त परिवारलाई समवेदना प्रकट गर्न गएकी थिएँ । त्यो परिवार एउटा ब्राह्मण परिवार थियो । घरको मुली बित्नु भएको थियो तर त्यस परिवारले हाम्रो हिन्दु धर्मअनुसार काजक्रिया गरेको देखिएन।

बदनाम भएको कुरालाई सुनाम बनाउने, बिग्रिएका कुरालाई सपार्ने जिम्मेवारी पनि समाजकै हो । त्यसैले त पछिल्लो समय १३ दिने मृत्यु संस्कार पाँच दिने बनाइँदैछ । यो समाजको आवश्यकता पनि होला तर मुख्य कुरा चाहिँ हामीले हाम्रा संस्कारका कतिपय राम्रा कुराहरुलाई बेवास्ता त गरिरहेका छैनौ !

बित्नु भएका व्यक्ति समाजको विशिष्ट व्यक्ति हुनुहुन्थ्यो। आउने जानेको ताँती थियो । सबै अचम्मित थिए । न त्यहाँ पण्डित बाजेले गरुढ पुराण वाचन गरिरहेका थिए न त चोखोनितो बारिएको देखियो । १३ दिन त परै जाओस्, पाँच दिन पनि राम्रोसँग शोक मनाएको देखिएन । अझै भनिरहेका थिए, यी सबै वाहियात् विश्वास हुन् ।

संयोगले त्यही हप्ता अर्को परिवारकहाँ जानुपर्ने बाध्यता आइपर्यो । बाध्यता यस कारणले कि हामीले नसोचेको व्यक्तिको निधन भएको थियो र श्रद्धाञ्जली व्यक्ति गर्नु पर्ला भनेर सोचेकी पनि थिइनँ । स्व. भरत केसरी सिंह नेपालका चर्चित हिन्दुवादी हुनुहुन्थ्यो। उहाँको घरमा १९/२० वर्षका नातिहरुले पनि आफ्नो हजुरबुबाको १३ दिने कार्यमा चोखोनितो खाने, नून बार्ने गरेर बसेको देखियो । हजुरबुबाको सम्झनामा हजुरबुबाले आफ्नो जीवनमा कस्तो प्रभाव पार्नुभएको थियो भनी साथीभाइ र आफन्तसँग उहाँको वर्णन गरेको मैले देखेँ ।

यो दुई परिवारको हाम्रो संस्कृतिलाई लिएर बनेको धारणाको फरकले मलाई सोच्न बाध्य पार्यो। हो, म मान्छु– पहिलेदेखि चलिआएका कुरीतिहरु धेरै छन् र ती कुरीति समयअनुसार परिवर्तन गर्दै जानु पर्छ । हाम्रा कतिपय संस्कार यस्ता छन्, जसले परिवारलाई बाँध्छ, सुखदुःखमा साथ पाइन्छ, कतिपय संस्कारित कार्य गर्दा मनमा शान्ति हुन्छ । परिवार बाँध्ने, सुखदुःखमा साथ पाइने र मनलाई नै शान्ति दिने कतिपय चलन फाल्नु हुँदैन । बरु तिनलाई परिस्कृत गर्दै अँगाल्दै जानु पर्छ।

संसारको कुनै पनि कुनामा घरको मूलीको मृत्यु हुँदा तिनको रीतिथिति, धर्म–संस्कृति र परम्पराअनुसार मन्दिर, मस्जिद वा चर्च वा चिहान पुगेर मृत व्यक्तिको आत्माको शान्तिको कामना गर्ने चलन छ । यस्तो प्रचलन अमेरिकी रेड इन्डियन आदिवासी होस्, जापानी होऊन् या जुनसुकै धर्म–सम्प्रदायमा होस्, त्यो उहिल्यैदेखि चलनमा छ। आदिवासीदेखि अत्याधुनिक समुदायसम्म आफ्नो गच्छे र परम्पराअनुसार गर्नुपर्ने संस्कारित कार्य गर्ने चलन छ।

हिन्दु धर्ममा यस्तो शोकका बेला तामस खाना बार्नु, नून बार्नु, फलफूल र स्वस्थकर खाना खानु आदि कार्य स्वास्थ्यका लागि धेरै राम्रो हो । ब्राह्मणलाई आफूले सकेको दान दक्षिणा दिनु, परापूर्वकालदेखि नै ब्राह्मण वर्गले रीतिरिवाज, संस्कृति र परम्परा सिकाउँदै आएको छ । उसको त्यो शिक्षा र ज्ञानको कदर गर्ने एउटा पद्धतिका रुपमा दान दक्षिणा दिने चलन चलेको छ।

यस्तो दान–दक्षिणा कतिपय अवस्था भद्दा नदेखिएको पनि होइन तर गच्छे र इच्छाअनुसार दान दिने हो, यसमा करकाप केही हुँदैन । अँ, कतिपय ब्राह्मणको लाभीपनका कारण, शोकमा डुबेकालाई मनोवैज्ञानिक रुपमा उतार्नु भन्दा पनि आफ्नो गरिबी कसरी उतार्न सकिन्छ भन्ने कुरामा मात्र ध्यान दिने ‘पण्डित’हरुका कारण मृत्यु संस्कार खर्चिलो र बदनाम हुँदै गएको कुरा सत्य हो।

बदनाम भएको कुरालाई सुनाम बनाउने, बिग्रिएका कुरालाई सपार्ने जिम्मेवारी पनि समाजकै हो । त्यसैले त पछिल्लो समय १३ दिने मृत्यु संस्कार पाँच दिने बनाइँदैछ । यो समाजको आवश्यकता पनि होला तर मुख्य कुरा चाहिँ हामीले हाम्रा संस्कारका कतिपय राम्रा कुराहरुलाई बेवास्ता त गरिरहेका छैनौ !

यस्ता मृत्यु संस्कारले हाम्रो परिवार जोड्छ, एकले अर्कोलाई सहयोग गर्छ । हामीले यस्तो राम्रो संस्कारलाई छोड्नु हुँदैन । परिवर्तनका कुरा पनि छोड्नु हुँदैन तर १३ दिनसम्म जुन चोखोनितो गर्ने, आफ्ना मूलीलाई सम्झने, उसको कार्य र योगदानलाई मनन् गर्ने कुरालाई नै बेवास्ता भने गर्न मिल्दैन ।

त्यसै पनि कतिपय परिवारले आफ्ना अग्रजलाई जीवन छउञ्जेल पनि उसको महङ्खव बुझ्दैनन्, महङ्खव दिँदैनन्, उनीहरुको योगदानको स्मरण गर्ने समयमा पनि मृत्युपरान्त पनि हामीले महङ्खव नदिने हो भने यो समाज जोड्ने एउटा कडी समाप्त भएर जान्छ । यही कुरा हामीले हाम्रा सन्तानलाई सिकाइरहेका हुन्छौँ र हाम्रो मृत्यु पनि एउटा अर्थहीन बन्न जान्छ । हाम्रा सारा संघर्ष, हाम्रा शिक्षादीक्षा र परिवारप्रति गरिएको लगानी केका लागि ? समाज जोड्न होइन ? परिवार जोड्न होइन ?

एकातिर हामीले राम्रा संस्कारलाई सँगाल्न सकिरहेका छैनौँ, राम्रा पक्षलाई पनि पुरातन कुरा भन्दै छाडिरहेका छौँ र नयाँ संस्कार र संस्कृति पनि निर्माण गर्न सकिरहेका छैनौँ । पश्चिमा मुलुकमा हामीले देखेकै छौँ, परिवार र समाज जोड्ने कडी समाप्त हुँदै जाँदा कति ठूलो शून्यता जन्मिरहेका छन् ! ती शून्यताले जीवनप्रतिको सकारात्मक पक्ष नै खियाउँदै जान थालेका छन्।

यसर्थ कुनै पनि परिवार र समाजले कुरीतिहरु छाड्नुपर्छ, रीति छाड्नु हुँदैन । आफ्ना राम्रा संस्कारलाई अँगाल्दै लानुपर्छ र जुन कुरा वाहियात हो भन्ने लाग्छ, त्यसमा सुधार ल्याउनुपर्छ, त्याग्नु भने हुँदैन । आधुनिकतामा लागेर कतै आफ्नो संस्कार, मूल्य र मान्यता छोड्दै जाँदा हाम्रो ‘आफ्नोपन’ त हामीले गुमाउने हैनौँ ! डर झन्झन् बढ्दो छ। aakriti72@gmail.com







यसमा तपाईको मत


अन्य समाचार

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा  खड्का, जो शोमा प्रभावशाली प्रस्तुतकर्ता (शोस्टपर) थिइन, उनले र्‍याम्पमा  हिड्दा ग्लामरको हिस्सानै बद्लिनमा आफ्नो भूमिका निभाइन ।

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै  TVS Stryker मेला मा आउनुहोस सुपर...

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्ने  बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले...

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्रनगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । ...

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सको चितवनस्थीत एक आधिकारिक डिलर न्यू श्री गणेश इलेक्ट्रोनिक्स १० वर्ष पुगेको उपलक्ष्यमा अझै परिष्कृत तथा सुविधा सम्पन्न रुपमा...

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

‘मेगा रेमीट’ सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंक नेपाल लिमिटेडले इजरायलबाट पनि रेमीट्यान्स सेवा सुरु गरेको छ ।

फ्लेम अवार्ड एसिया २०१९ हुँदै

फ्लेम अवार्ड एसिया २०१९ हुँदै

नेपाली सहित करिब तीन सय मार्केटिङ कम्पनीहरुको सहभागिता रहेको ‘फ्लेम अवार्ड एसिया २०१९’ मुम्बईको शान्ताक्रुज होटेलमा हुने भएको छ ।

व्यवसायी चन्द्र टण्डनलाई मातृशोक

व्यवसायी चन्द्र टण्डनलाई मातृशोक

सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक चन्द्र टण्डनलाई मातृशोक परेको छ। ...