coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

लेनिन विष्टको रिटमा सरकारका नाममा कारण देखाउ आदेश जारी

काठमाडौं- तत्कालीन माओवादी सेनामा बालसैनिकका रुपमा काम गरेका लेनिन बिष्टलाई विदेश जान रोक लगाइएको विषयमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ।

बिष्टले आफुलाई बिनाकारण विदेशजान रोक लगाएको भन्दै सर्वोच्च अदालतमा हालेको रिट निवेदनमा सुनुवाई गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गृहमन्त्रालयलाई कारण दिन आदेश गरेको हो।  

युवा सम्वन्धि अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिन गत शुक्रबार बिहान थाइल्यान्ड जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनलाई ‘ब्ल्याक लिस्टमा परेको’ भन्दै त्यसतर्फ जान रोकिएको थियो। तत्कालीन माओवादी सेनामा काम गरेका बिष्ट सेना समायोजनका क्रममा अनमिन प्रमाणिकरणबाट बहिर्गमनमा परेका थिए।

 

प्रकाशित: १७ भाद्र २०७५ १०:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App