४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

आगामी मार्चमा इयूबाट सम्पूर्ण रुपमा अलगिन्छौं: बेलायती प्रधानमन्त्री

बेलायतकी प्रधानमन्त्री टेरिजा मेले बेलायत युरोपेली संघबाट औपचारिक रुपमा अलग्गिने घोषणा गरेकि छन्। टेलिग्राफको एक आलेखमा प्रधानमन्त्री मे ले अर्को वर्षको २९ मार्चमा बेलायत युरोपेली संघबाट औपचारिक रूपमा अलग्गिने उल्लेख गरिन्।

बेलायत सरकार बेलायतीहरूको लोकतान्त्रिक निर्णयलाई कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्री मेले यो निर्णय जनताको पक्षमा भएको बताइन् । उनले आफुहरुले बलियो र पहिलेको भन्दा राम्रो बेलायत निर्माण गरेको पनि दाबी गरेकि छन्। प्रधानमन्त्री मे ले युरोपेली संघको मुख्यालय ब्रसेल्ससँग वार्ता गरेपनि बेलायत कुनै हालतमा नझुक्ने बताइन् ।

प्रकाशित: १७ भाद्र २०७५ ०९:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App