७ वैशाख २०८१ शुक्रबार
राजनीति

विदा कार्यान्वयन गराउन कानुनमन्त्री आफै धर्नामा

जनकपुरधाम- प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादव राष्ट्र बैंकको जनकपुर शाखा अगाडि धर्ना बसेका छन्।

प्रदेश सरकारले कृष्ण जन्माष्टमी अवसरमा आइतबार सार्वजनिक विदाको घोषणा गरेको थियो। राष्ट्र बैंकले उक्त विदा सम्बन्धी प्रदेश सरकारको निर्णय अवज्ञा गरेको भन्दै मन्त्री यादव बैंकको मूल ढोका अगाडि धर्ना बसेका हुन्। अंगरक्षक र स्वकीय सचिवसहित धर्ना बसेका उनले बैंकका प्रबन्धकले विदा स्वीकार गरेको प्रतिबद्धता नजनाएसम्म बसिरहने जनाएका छन्।

यस अघि रक्षाबन्धनको दिन पनि प्रदेश सरकारले घोषणा गरेको विदा अवज्ञा गरी कार्यालय सञ्चालन गरेको भन्दै आन्तरिक मामिला मन्त्री यादवले बैंकको मूलगेटमा ताला लगाइदिएका थिए। तर, उनले ताला लगाएर फर्किए लगत्तै प्रहरीले फुटाइदिएपछि आइतबार आफै गेट अगाडि धर्ना बसेका हुन्।

प्रकाशित: १७ भाद्र २०७५ ०९:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App