७ वैशाख २०८१ शुक्रबार
समाज

राजमार्ग ओगटेर राखिएका फुटपाथमा नगरपालिकाको चर्को कर

सिन्धुली – विपी राजमार्गको क्षेत्राधिकार भित्र पर्ने घरटहरालाई हटाउन भनिएपनि यहाँको कमलामाई नगरपालिका २ स्थित सेल्फी डाँडामा राजमार्गको क्षेत्राधिकारभित्रकै घरटहरालाई कमलामाई नगरपालिकाले चर्को कर लगाएको पाइएको छ। 

सेल्फी डाँडामा धेरै सवारी रोकिने भएपछि स्थानीयले सडक बिभागको निर्देशनलाई लत्याउदै फुटपाथ पसल गरिरहेका छन्। तिनै फुटपाथमा कमलामाई नगरपालिकाले सरसफाई बापत भन्दै कर लगाएको हो। राजमार्गले १५–१५ मिटर भित्रका सबै टहरा हटाउन आग्रह गरेपनि नगरपालिकाले त्यही कर लगाएको स्थानीय बताउछन्। वडा नं. २ मा भएका टहराको करको रसिदमा वडा नं. १० को छाप लगाई चर्को कर उठाएपछि कमलामाई नगरपालिका सामाजिक सञ्जालमै आलोचित भएको छ।

स्थानीय शंकर जर्गामगरले काटेको  ४ हजार ३ सय २० रुपैयाको रसिदमा कमलामाई नगरपालिका २ को छाप लगाउनुपर्ने भएपनि नगरपालिकाले वडा नं. १० को छाप लगाई गम्भीर गल्ती गरेको स्थानीय स्वयम् बताउछन्। केही वर्ष अगाडि राजमार्गनै जोखिममा पर्ने भन्दै पहाड काटेर उक्त स्थानमा खुल्ला बनाएपछि पूर्वी तराई सहित अन्य स्थानका सवारीले त्यस क्षेत्रमा रोकेर राजमार्गको नालीबेली अवलोकन गर्नुका साथै फोटो खिचाउने गरेका छन्। सवारी रोकिने भएपछि त्यही मौका छोप्दै फुटपाथले पनि व्यवसाय गरेका हुन्। राजमार्गभित्र पर्ने फुटपाथ हटाउनुको साटो नगरपालिकाले भने कर उठाउन थालेको छ। 

उता कमलामाई नगरपालिकाले भने फुटपाथ हटाउन आग्रह गरिएको र दशैसम्म बस्न दिनुस् भन्ने व्यापारीको अनुरोध भएपछि आफूहरूले स्वीकार गरेको नगरप्रमुख खत्रड्गबहादुर खत्रीले बताए। हामीले जबरजस्ती कर उठाएका होइनौ, उनले भने त्यस स्थानका व्यापारीले स्वच्छिक रुपमा हामीलाई त्यो रकम दिएका हुन्। उनले वडा नं. २ को छाप हान्नुपर्नेमा १० नं. वडाको छाप लगाउनु कमजोरी भएको औल्याउदै एउटा सानो गल्तिलाई ठूलो बनाएर केही व्यक्तिले करको नाममा धावा बोलेको भन्दै आक्रोस पोखे।

हामीले अधिकांश क्षेत्रमा पहिलेदेखि नै लिदै आएको करलाई मात्रै निरन्तरता दिएका छौ, यो वा त्यो वाहानामा जनप्रतिनिधिलाई गाली गर्नु राम्रो होइन उनले थपे। करको विषयमा जथाभावी लेखीएको भन्दै जनप्रतिनिधि फेल भए लोकतन्त्र नै खतरामा पर्न सक्ने नगरप्रमुख खत्रीले जनाए। जनप्रतिनिधिको खिल्ली उडाए लोकतन्त्र खतरामा पर्छ, उनले एक औपचारिक कार्यक्रममा भने,‘सिन्धुलीका अधिकांश जनप्रतिनिधि धेरै इमान्दार छन्।’ 

उनले आम्दानीको आधारमा जनतालाई करको दायरामा ल्याउदा कुनै गल्ती नभएको प्रष्ट्याए। एउटा सानो कमजोरीलाई ठूलो नबनाउ, हामीपनि धेरै समयको अनुभवले जनताबाट अनुमोदित भएका छौ।’

प्रकाशित: १७ भाद्र २०७५ ०९:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App