७ वैशाख २०८१ शुक्रबार
अर्थ

सामसङ नोट–९ को प्रि–बुकिङ तीन गुणा

काठमाडौं – सामसङको नोट–९ को प्रि–बुकिङ तीन गुणा बढेको कम्पनीले जनाएको छ । नेपाली मोबाइल बजारमा प्रि–बुकिङमा देखिने औसत दरभन्दा नोट–९ को प्रि–बुकिङ झन्डै तीन गुणाले बढेको सामसुङको दाबी छ।

प्रि–बुकिङ अवधि अगस्ट १७ देखि ३० सम्म थियो।

उक्त मोबाइल अगस्ट २२ मा भारतको नयाँ दिल्लीमा सार्वजनिक भएको थियो। उक्त कार्यक्रममा नेपाल, श्रीलंका, बंगलादेश, भारत लगायत मुलुकबाट मिडियाहरु सहभागी भएको जारी विज्ञप्तिमा उल्लेख छ।

एनसेलको एकवर्षे १८ हजार एमबी डाटा सहितको प्रि–बुकिङ खुला गरेको थियो।

सामसङको प्रि–बुकिङमा सहभागी हुनेहरु लक्डी ड्रमा समेत सहभागी हुन पाउने व्यवस्था गरिएको थियो।

प्रकाशित: १७ भाद्र २०७५ ०५:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App